Pixel wave advertisement

'विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै न्यू एकेडेमीको स्काउट मित्रता क्याम्प सम्पन्न'

कार्तिक २४, २०८३

रुपन्देही । नेपाल स्काउट, लुम्बिनी प्रदेशअन्तर्गत सैनामैना नगरपालिका–२ स्थित न्यू एकेडेमी स्काउट दलको आयोजनामा सञ्चालित ‘न्यू एकेडेमी स्काउट मित्रता क्याम्प’ सम्पन्न भएको छ। कार्तिक २० गतेदेखि २२ गते सम्म  भएको क्याम्पमा ४३ जना छात्र र ७२ जना छात्रा गरी कुल ११५ जना स्काउटरहरूको सहभागिता रहेको क्याम्प संयोजक तथा स्काउट मास्टर सुस्मिता रानाले जानकारी दिनुभयो। क्याम्पमा विद्यार्थीहरूको क्षमता अभिवृद्धि, व्यक्तित्व विकास, नेतृत्व विकास, समय व्यवस्थापन, आत्मनिर्भरता, अनुशासन, व्यावहारिक सिकाइ तथा सामूहिक सहकार्यजस्ता विषयमा विभिन्न प्रशिक्षण तथा गतिविधि सञ्चालन गरिएको थियो।

Advertisement

क्याम्पको पहिलो दिन स्काउटहरूलाई क्याम्पका नियम, उद्देश्य तथा आचारसंहिताबारे जानकारी गराउनुका साथै कप रेस, नृत्य प्रतियोगिता र प्राथमिक उपचारका विधिसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो।

Advertisement

त्यसैगरी दोश्रो दिन विभिन्न पेट्रोलमा  विभाजन गरी मार्चपास, साहसिक खेलकुद, स्काउटिङका आधारभूत तथा सहासिक गतिविधि, भान्सामा हुन सक्ने आगलागीबाट बच्ने उपाय तथा सुरक्षाका विषयमा व्यवहारिक प्रशिक्षण दिईएको थियो। क्याम्पमा टनेल क्रसिङ, मंकी ब्रिज, टायर वाल क्लाइम्ब, स्पाइडर नेट क्लाइम्ब, बाँसका अवरोध पार गर्ने अभ्यास, टच द टार्गेट, वेट लिफ्टिङ तथा बाँसको भर्‍याङ क्रसिङ लगायतका साहसिक गतिविधि सञ्चालन गरिएको थियो।  यस्ता गतिविधिले सहभागीमा शारीरिक सन्तुलन, आत्मविश्वास, साहस, चपलता र टोली भावनाको विकासमा सहयोग पुगेको प्रशिक्षकहरूले बताएका छन्।

Advertisement

क्याम्पको साँझ क्याम्प फायर कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा स्काउटहरूले देशभक्तिपूर्ण गीत, नृत्य, प्रदसन तथा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए। क्याम्पको दैनिक तालिकाअनुसार बिहान बीपी एक्सरसाइज सञ्चालन गरिएको थियो। यसले स्काउटहरूमा शारीरिक चुस्तता, मानसिक स्फूर्ति, अनुशासन तथा सामूहिक एकताको भावना विकास गर्न सहयोग गरेको आयोजकले जनाएको छ।

तेश्रो दिन विहान बीपी एक्सरसाइजबाट सुरु गरी धर्मसभा, झण्डा कार्य, सर्फ स्मार्ट २.०, मनोरञ्जनात्मक र रचनात्मक कार्यक्रम सञ्चालन गर्दै क्याम्प समापन गरिएको थियो। यस्ता गतिविधिले सहभागीमा जिम्मेवारीबोध, सतर्कता र नेतृत्व क्षमताको विकासमा सहयोग पुगेको विद्धालयका स्काउट मास्टर अमृत सुनारले बताउनुभयो ।

क्याम्पको ट्रेनिङ टिममा चिफ ट्रेनर स्काउट मास्टर सुरज भट्टराई, प्रथम कमाण्डर स्काउट मास्टर सन्दिप थारु, स्काउट मास्टर विशाल पाण्डे, रेजर शारदा पाण्डे, आसिका हुन्चुङ, सामना पाण्डे, रोभर रोशन ज्ञवाली, प्रख्यात अधिकारी र आशिष कार्की रहनुभएको थियो। चिफ ट्रेनर सुरज भट्टराईले यस्ता क्याम्पले बालबालिकालाई प्रकृतिसँग जोड्दै नेतृत्व विकास र व्यवहारिक जीवनका सीप सिक्ने अवसर प्रदान गर्ने बताउनुभयो। साथै क्याम्प अवधिभर न्यानो आतिथ्यता प्रदान गर्ने विद्यालय परिवारलाई धन्यवाद व्यक्त गर्नु भएको थियो। उहाले किताबमा मात्र सीमित ज्ञानभन्दा व्यवहारमा प्रयोग गर्न सकिने जीवनोपयोगी सीप सिकाउन यस्ता क्याम्प महत्वपूर्ण रहेको बताउनुभयो।

समापन सत्रलाई सम्बोधन गर्दै विद्यालय सञ्चालक समितिका अध्यक्ष मिनप्रसाद भट्टराईले विद्यार्थी जीवनमा अनुशासनको महत्त्वमाथि प्रकाश पार्नुभयो। उहाँले क्याम्पका क्रममा सिकेका ज्ञान, सीप र अनुभवलाई आफूमा मात्र सीमित नराखी अन्य साथीहरूसँग समेत आदानप्रदान गर्दै दैनिक जीवन तथा व्यवहारमा समेत लागू गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो। साथै, सिकाइलाई व्यवहारमा उतार्न सके मात्र त्यसको वास्तविक सार्थकता रहने धारणा व्यक्त गर्नुभएको थियो।

यसैगरी विद्यालयका प्रचार्य तथा न्यू एकेडेमी स्काउट दलका अध्यक्ष टोपलाल भट्टराईले क्याम्प निकै राम्रो तरिकाले सम्पन्न भएको बताउदै तालिम दललाई धन्यवाद व्यक्त गर्नुभएको थियो। साथै उहाले यस किसिमको कार्यक्रम तथा स्काउट गतिविधि विद्धालायामा संचालन गर्न ईक्छुक रहेको बताउनुभयो ।

क्याम्प संयोजक तथा स्काउट मास्टर सुस्मिता रानाले क्याम्पका क्रममा विद्यार्थीहरूले अनुशासन, जीवनमा संघर्षको महत्त्व, सामूहिक कार्य (टिमवर्क), मार्चपास, भान्सामा हुन सक्ने आगलागीबाट बच्ने उपाय तथा सुरक्षा सावधानी, प्राथमिक उपचार, सांस्कृतिक संरक्षण र नेतृत्व विकासलगायतका विभिन्न गतिविधिमा सहभागी भई व्यवहारिक ज्ञान, सीप र अनुभव हासिल गरेको बताउनुभयो। उहाँले क्याम्पमार्फत विद्यार्थीहरूमा आत्मविश्वास, सहकार्य र जिम्मेवारीबोधको भावना विकास भएको उल्लेख गर्दै क्याम्प सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण प्रशिक्षक तथा तालिम दलप्रति धन्यवादसमेत व्यक्त गर्नुभएको थियो।
कार्यक्रम विद्यालयका प्रचार्य तथा न्यू एकेडेमी स्काउट दलका अध्यक्ष टोपलाल भट्टराईको अध्यक्षता र विद्यार्थी सुदिक्षा थापाको सञ्चालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
50%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
50%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 2
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

डिपिएल तेश्रो संस्करणको उपाधि बिर्ता राईनोजलाई

न्यू एकेडेमीको स्काउट मित्रता क्याम्पमा दोस्रो दिन क्याम्प फायरसहित साहसिक गतिविधि सम्पन्न

न्यू एकेडेमीमा स्काउट फ्रेण्डसिप क्याम्प सुरु, ११५ स्काउट सहभागी

देवदहमा नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न

एनआरएनए रोमानियाको नयाँ कार्यसमिति गठन: अध्यक्षमा गोमा देवी थापा मगर

जितगढी किल्ला : जहाँ नेपाली वीरताले अंग्रेज फौजलाई पराजित गर्यो (भिडियाे)

देवदह प्रिमियर लिग (डीपीएल) : ढेकावर योद्धाज् २३ रनले विजयी

एनपीएल–३ मा आज जनकपुर र काठमाण्डु तथा कर्णाली र विराटनगरबीच खेल हुँदै