देवदह। रुपन्देहीको देवदहमा डि युनिटी क्लबद्वारा आयोजित देवदह प्रिमियर लिग (डीपीएल) सिजन -३ अन्तर्गत बिहिबार भएको दोश्रो खेलमा ढेकावर योद्धाज् विजयी भएको छ। ढेकावर योद्धाज्ले बिर्ता राईनोज २३ रनले पराजित गरेको हो। यससँगै ढेकावर योद्धाज्ले तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा हार बेहोरेको छ।
देवदह–७ स्थित देवदह क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ढेकावर योद्धाज्ले २० ओभरमा १६५ रन बनाएको थियो। टिमका लागि सम्राट थापाले ४६, हिलसन क्षेत्रीले ३२, रामनाथ कुर्मीले ३० र तुल बहादुर थापाले २६ रनको योगदान दिए। बलिंङ्ग तर्फ बिर्ता राईनोजका अमिता पाठक र अमित यादवले समान ३-३ विकेट लिए।
१६६ रनको लक्ष्य पछ्याएको बिर्ता राईनोजले २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन मात्र बनायो। टिमका लागि इन्द्रजित यादवले ५७ र राम्जान अलिले १७ रनको योगदान दिए। बलिंग तर्फा ढेकावर योद्धाज्का सम्राट थापा, घनश्याम लोध, तुल बहादुर थापा र रामनाथले समान२-२विकेट लिए।
बलिङमा ४ ओभरमा २ विकेट लिनुका साथै ब्याटिङमा ५३ बलमा ४६ रन बनाएका सम्राट थापा खेलको म्यान अफ द म्याच घोषित भए।
प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।