'वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माको राजीनामा'

५८ मिनेट अगाडि

वीर अस्पतालका निर्देशक डा.दिलीप शर्माले पदबाट राजीनामा दिएका छन् । अघिल्ला सरकारले गरेका सबै नियुक्ति खारेज गर्नेगरी अहिलेको सरकारले अध्यादेश ल्याएपछि डा.शर्माले राजीनामा दिएका हुन् ।

हिजो नै स्वास्थ्य मन्त्रालय पुगेर आफूले राजीनामा बुझाएको डा.शर्माले जानकारी दिए ।

अन्य पदाधिकारीले समेत पद छाडेकाले आफूले पनि राजीनामा दिएको उनले बताए । ‘मेरो कार्यकाल पनि धेरै बाँकी छैन, नयाँ सरकारलाई सहज होस् भनेर राजीनामा दिएँ’ डा.शर्माले भने ।

स्वास्थ्य सेवाअन्तर्गत दशौं तहका कर्मचारी रहेका डा.शर्मा २०८१ फागुनमा वीर अस्पतालको निर्देशकमा नियुक्त भएका थिए ।

शर्माले राजीनामा दिएपछि वीर अस्पताल पदाधिकारीविहीन भएको छ ।

अध्यादेश जारी भएसँगै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष र लगायतका पदाधिकारीलाई हटाइएको थियो ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल रेडक्रस सोसाइटीको निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बैठक बिहीबार बस्ने

केपी शर्मा ओलीद्वारा सुदूरपश्चिम एमाले सांसदहरूसँग छलफल

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद् बैठक बोलाइयो

काठमाडौंमा गैंडाको खागसहित तीन जना पक्राउ

ढुंगेअड्डामा सवारी दुर्घटना: मोटरसाइकल चालकको मृत्यु

इन्द्रचोक ज्वेलरी लुट प्रयासका तीन आरोपी पक्राउ

धनुषामा चितुवाको आक्रमणबाट एकजना घाइते