'इन्द्रचोक ज्वेलरी लुट प्रयासका तीन आरोपी पक्राउ'

३ दिन अगाडि

काठमाडौं महानगरपालिका-२९ इन्द्रचोकस्थित एक ज्वेलरी (गहना पसल) पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुरको ठिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक, काठमाडौं डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेल र ललितपुरको महालक्ष्मी नगरपालिका–६ घर भएका हरिकृष्ण महर्जन रहेका छन् ।

राजवाहक र भुजेललाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले र महर्जनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरुले १७ वैशाखमा इन्द्रचोकको एक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुट्ने प्रयास गरेका थिइन् । सो क्रममा पसलमा रहेकी महिलाले उनीहरुलाई प्रतिकार गर्दै भगाएकी थिइन् । उक्त भिडियो भाइरल बनेको थियो ।

यसअघि यही समूहले २१ पुसमा काठमाडौं(२५ मांसान गल्लीमा रहेको होलसेल पसमा यसैगरी पेस्ताल ताक्दै २ तोलाको सुनको सिक्री, नगद ४ लाख, २ थान मोबाइल र सीसीक्यामेरा समेत लुटेर लगेको पाइएको परिसरका एसपी पवनकुमार भट्टराईले बताए ।

पक्राउ परेकाहरुबाट चाइजिज पेस्तोल समेत बरामद भएको छ । पेस्तोलमा लाग्ने म्यागजिन १ थान, गोली १ थान, नक १ थान, घटनामा प्रयोग भएका कपडाहअरु र घटनामा प्रयोग भएको स्कुटर पनि बरामद गरिएको परिसरका एसपी भट्टराईले बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नवलपुरमा टिप्परको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

नेपाल महिला संघको अध्यक्षमा मीना खरेल नियुक्त

जेनजी आन्दोलनमा हराएको २५५ राउन्ड गोली फेला

कम्बोडियाबाट स्वदेश फर्किन २११ नेपाली दूतावासको सम्पर्कमा

एमालेले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गर्‍यो

सरकारले १५ अवैतनिक दूतलाई पदमुक्त गर्‍यो

अध्यादेश र प्रधानन्यायाधीश नियुक्तिप्रति हर्क साम्पाङको कडा आपत्ति

तुइन खोलामा सुक्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा