'कम्बोडियाबाट स्वदेश फर्किन २११ नेपाली दूतावासको सम्पर्कमा'

२ घण्टा अगाडि

कम्बोडियामा रहेका २११ जना नेपाली थाइल्यान्डस्थित बैंककमा रहेको नेपाली दूतावासको सम्पर्कमा आएका छन् ।

दूतावासले जारी गरेको सूचनामा कम्बोडियामा अवैध रुपमा रहेका २११ जनाले स्वदेश फर्काइदिन आग्रह गर्दै सम्पर्कमा आएको उल्लेख छ ।

‘यस राजदूतावासले कम्बोडियामा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी संकलन गर्ने उद्देश्यले अनलाइन फाराम भर्न अनुरोध गरेअनुसार हालसम्म २११ जना नेपालीहरूले उक्त फाराम भर्नुभएको छ, जसमा ९ जना महिला रहेका छन्,’ दूतावासको सूचनामा उल्लेख छ ।

दूतावासका अनुसार सम्पर्कमा आएका २११ जना नेपालीहरू सन् २०२२ मे महिनादेखि २०२६ मे महिनासम्म कम्बोडिया पुगेकाहरू छन् ।

दूतावासले २७ जना नेपालीहरू विभिन्न अभियोगमा पुर्पक्षका लागि कम्बोडियाका विभिन्न कारागारमा थुनामा रहेको उल्लेख गरेको छ ।

पुर्पक्षको प्रक्रियाका क्रममा स्थानीय भाषा जान्ने वकिल आवश्यक पर्न सक्ने दूतावासले भनेको छ । दूतावाले २५ जना नेपालीहरू आज नेपाल फर्किरहेको पनि जानकारी दिएको छ ।

त्यस्तै दूतावासले नेपाल फर्किनका लागि कनेक्टिङ फ्लाइट भएको टिकटमात्र खरिद गर्न आग्रह गरेको छ ।

‘कम्बोडियाबाट नेपाल फर्किने क्रममा कृपया कनेक्टिङ फ्लाइट भएको टिकट मात्र खरिद गर्नुहोला,’ दूतावासले भनेको छ, ‘कनेक्टिङ फ्लाइट नभएको टिकट खरिद गर्दा ट्रान्जिट हुने मुलुकको भिसा आवश्यक पर्न सक्ने, साथै आफ्नो लगेज पुनः चेक इन गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले यात्रा झन्झटिलो तथा कठिन हुन सक्छ ।’

नेपालीहरूले कम्बोडिया जाने क्रममा २ लाखदेखि ८ लाख रुपैयाँसम्म विभिन्न व्यक्तिहरूलाई बुझाएको सूचना प्राप्त भएको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

जेनजी आन्दोलनमा हराएको २५५ राउन्ड गोली फेला

एमालेले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गर्‍यो

सरकारले १५ अवैतनिक दूतलाई पदमुक्त गर्‍यो

अध्यादेश र प्रधानन्यायाधीश नियुक्तिप्रति हर्क साम्पाङको कडा आपत्ति

तुइन खोलामा सुक्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

देवदहमा स्टेम चेजमेकर तथा विपद् व्यवस्थापन कार्यक्रम सम्पन्न

तीनै सरकारी बैंकका अध्यक्षको राजीनामा, नयाँ सरकारको दबाबपछि पद खाली

३ अर्ब ६२ करोड बिगो दाबी, पोखरा विमानस्थल प्रकरणमा कार्कीसहित १४ विरुद्ध मुद्दा