धनुषामा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन् ।
मिथिला नगरपालिका–७, केमलीपुरक ४८ वर्षीय किर्तिमान विक घाइते भएका हुन् ।
आज बिहान खेतमा लगाइएको तारजालीको बारमा चितुवा फसेका छन् । विक त्यही हेर्न गएको बेला चितुवाले उनीमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
घाइते विकको ढल्केबरस्थित एक निजी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
चितुवा अझै पनि सोही तारजालीमा पासोमा परेको र उद्धारको लागि वन कार्यालय तथा सुरक्षाकर्मी टोलि पुगेको जान लागेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0