'नेपाल रेडक्रस सोसाइटीको निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित'

१ घण्टा अगाडि

नेपाल रेडक्रस सोसाइटीको आगामी निर्वाचन प्रक्रिया अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।

सीडीओ कार्यालयको निर्देशनपछि रेडक्रस केन्द्रीय कार्यालयले आइतबार परिपत्र जारी गर्दै निर्वाचनका सम्पूर्ण कार्यक्रमहरू यथास्थितिमा राख्ने निर्णय गरेको हो । रेडक्रसले आगामी असार मसान्तसम्म सबै तहको निर्वाचन सम्पन्न तयारी गरेको थियो ।

जसअन्तर्गत पालिका शाखाको निर्वाचन वैशाख २६ देखि जेठ ४ गतेसम्म, जिल्ला शाखाको जेठ १५ गते, प्रदेश समितिको असार २ गते र केन्द्रीय समितिको निर्वाचन असार २४ र २५ गतेका लागि तय गरिएको थियो ।

महामन्त्री मीनबहादुर मल्लले हाल सुरू गरिएको निर्वाचन प्रक्रिया अर्को सूचना नभएसम्म यथास्थितिमा राख्न निर्देशन प्राप्त भएकाले सोही बमोजिम गर्न भनेका छन् ।

केन्द्रीय कार्यालयले आफ्ना सबै प्रदेश कार्यालय, जिल्ला शाखा र पालिका शाखा समितिहरूलाई पत्राचार गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले २ दिनअघि अर्को सूचना नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गर्न रेडक्रसलाई निर्देशन दिएको थियो ।

​प्रशासनले निर्वाचन रोक्नुका पछाडि संस्थागत सुधार र शुद्धीकरणको आवश्यकतालाई औंल्याएको छ ।

नेपाल रेडक्रस सोसाइटीको निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित

निर्वाचन प्रक्रिया अघि बढाउनुपूर्व संस्थाको विधानमा यथोचित सम्बोधन सहितको संशोधन गर्ने, नयाँ सदस्यताका लागि खुला आह्वान गर्ने, प्रत्येक तहका प्रतिनिधिको स्वस्थ प्रतिस्पर्धा, सुनिश्चित गर्ने र निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र जवाफदेही बनाउन सीडीओको निर्देशन छ ।

एमाले(कांग्रेसको गठबन्धन सरकारले भागबन्डामा २०८२ साउन ९ गते विनोद कुमार शर्माको अध्यक्षतामा गठित तदर्थ समितिलाई ३ महिनाभित्र नयाँ कार्यसमिति चयन गर्न निर्देशन दिएको थियो।

तर, हालै मन्त्रालयमा भएको छलफलमा तल्लो तहदेखि केन्द्रसम्मकै निर्वाचन प्रक्रिया र अधावधिक स्थितिका बारेमा गम्भीर प्रश्न उठेपछि तत्कालका लागि निर्वाचन रोकिएको प्रजिअ ईश्वरराज पौडेलले बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

भूमिहीन दलित र सुकुम्वासीको हक सुरक्षित गर्नुपर्नेमा गगन थापाको आग्रह

सेयर बजार सामान्य घट्यो, नेप्से २७११ अंकमा झर्‍यो

दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बैठक बिहीबार बस्ने

वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माको राजीनामा

केपी शर्मा ओलीद्वारा सुदूरपश्चिम एमाले सांसदहरूसँग छलफल

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद् बैठक बोलाइयो

काठमाडौंमा गैंडाको खागसहित तीन जना पक्राउ