'सेयर बजार सामान्य घट्यो, नेप्से २७११ अंकमा झर्‍यो'

२ घण्टा अगाडि

बुधबार सेयर बजारमा १०४ कम्पनीको मूल्य बढेको छ भने १४९ को घटेको छ । त्यस्तै १५ कम्पनीको मूल्य भने स्थिर रह्यो । समग्र बजारको परिसूचक नेप्से यस दिन जम्मा १.६४ अंक घटेको छ ।

अघिल्लो दिन नेप्से परिसूचक ८ अंक बढेको थियो । आजको कारोबारपछि नेप्से परिसूचक २७११ अंकमा झरेको छ । कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन ३ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ३ अर्ब १९ करोडको भयो ।

सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.१६, फाइनान्स ०.१९, होटल तथा पर्यटन ०.२२, लगानी ०.४०, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.१९ तथा अन्य ०.०३ प्रतिशत बढे । त्यस्तै विकास बैंक ०.५१, हाइड्रोपावर ०.४३, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.५६ र व्यापार समूह ०.२५ प्रतिशत घटे ।

फर्वाड माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै १३.७४ प्रतिशत बढ्यो । अपर लोहोरेखोलाको ५.९५, तारागाउँ रिजेन्सीको ३.३८ प्रतिशत बढ्यो ।

भगवती हाइड्रोपावरको ८.९०, नारायणी डेभलपमेन्को ७.२७ तथा मोदी इनर्जीको ४.१८ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, ङादी ग्रुप र अपर लोहोरेखोला जलविद्युत् कम्पनी छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

भूमिहीन दलित र सुकुम्वासीको हक सुरक्षित गर्नुपर्नेमा गगन थापाको आग्रह

दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

नेपाल रेडक्रस सोसाइटीको निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बैठक बिहीबार बस्ने

वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माको राजीनामा

केपी शर्मा ओलीद्वारा सुदूरपश्चिम एमाले सांसदहरूसँग छलफल