'भूमिहीन दलित र सुकुम्वासीको हक सुरक्षित गर्नुपर्नेमा गगन थापाको आग्रह'

१ घण्टा अगाडि

नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान र प्रचलित कानुनले भूमिहीन दलित तथा सुकुम्वासीको हक स्पष्ट रूपमा निर्धारण गरिसकेको बताएका छन्।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नदी किनारमा बसोबास गर्ने नागरिकहरूको हकमा पनि कानुनले वैकल्पिक व्यवस्था सुनिश्चित गर्नुपर्ने बताए।

उनले भने, ‘पहिचान गरेर उचित व्यवस्थापन गर्नुपर्छ भन्ने कानुनको व्यवस्था छ। यदि कसैले आफ्नो सम्पत्ति लुकाएर सुकुम्वासीको नाममा बसिरहेको छ भने उसलाई जमिन दिनु हुँदैन, बरु कानुनअनुसार कारबाही गर्नुपर्छ।’

विगतमा विभिन्न दलबीच भएको सहमतिका आधारमा भूमि सम्बन्धी विधेयकमा व्यापक संशोधन गरिएको स्मरण गर्दै विधेयक करिब ९५ प्रतिशत पुनर्लेखन भएको बताए। उनले सुकुम्वासीप्रति राज्यको व्यवहार ‘निर्मम र क्रूर’ भएको आरोप लगाए।

उनले भने, ‘राज्यले बल प्रयोग गर्न पाउँछ, तर बरबर हुन पाउँदैन। बुद्ध पूर्णिमाको दिन संरचना भत्काउने, विद्यालय डोजर लगाउने जस्ता गतिविधि अस्वीकार्य छन्। वैकल्पिक व्यवस्था नगरी डोजर आतङ्क मच्चाउनु गलत हो।’

उनले सरकारका केही सकारात्मक कदमहरूमा भने कांग्रेसले समर्थन रहेको बताए। उनले कांग्रेसले विपक्षी दलको भूमिका सशक्त रूपमा निर्वाह गर्ने बताए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

सेयर बजार सामान्य घट्यो, नेप्से २७११ अंकमा झर्‍यो

दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

नेपाल रेडक्रस सोसाइटीको निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बैठक बिहीबार बस्ने

वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माको राजीनामा

केपी शर्मा ओलीद्वारा सुदूरपश्चिम एमाले सांसदहरूसँग छलफल