गैंडाको खागसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२४ न्यूरोड बस्ने ५० वर्षीय सञ्जयमान सिंह श्रेष्ठसमेत तीन जना रहेको प्रहरीले बताएको छ ।
दरबारमार्गस्थित ओरियन्ट क्याफेबाट करिब १ किलो ७५ ग्राम तौलको गैंडाको खाग उनीहरुबाट बरामद भएको प्रहरीले बताएको छ ।
मंगलबार दिउँसो प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले क्याफे तलासी गर्दा खाग फेला परेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0