Home » निर्वाचन आयोग
बाजुरामा मतगणना रोकिएको छ । मत पेटीकामा मुचुल्का भन्दा बढी मत भेटिएपछि मत गणना रोकिएको हो । बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका भइरहदा मुचुल्का भन्दा ४० बढी मत पाइएको थियो । मुचुल्काको मत भन्दा बढी मत भेटिएपछि प्रतिनिधि सभा तर्फको मत गणना रोकिएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए । यहाँ एमालेका […]
प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणना जारी छ। ९३ लाख ३० हजार ३८० मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिनेर माओवादी केन्द्र तेस्रो स्थानमा पुगेको छ। १० लाख ६८ हजार ५०३ मत ल्याएर माओवादी तेस्रोमा उक्लिदा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ६४ हजार २०५ मत ल्याएर चोथो स्थानमा छ। यसअघि रास्वपाले माओवादीलाई उछिनेको थियो। नेकपा एमाले २५ […]
निर्वाचन आयोगले दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान गराउने निर्णय गरेको छ । आयोगले सोमबार दोलखाका निष्पक्ष निर्वाचन हुन नसकेका १० वटा निर्वाचन केन्द्रमा पुनः मतदान गराउने निर्णय गरेको हो । मंसिर ४ गतेको निर्वाचनमा दोलखाका १० मतदान केन्द्रमा मतदान कार्य स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हुन नसकेकाले पुनः मतदान गर्ने […]
निर्वाचन आयोगले आगामी मंसिर ४ गते आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारी पूरा भएको जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनको व्यवस्थापकीय लगाएत सुरक्षाका सवै तयारी पूरा भएको जनाएको हो । निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने र चूनावी प्रचार गर्न नपाइने आयोगले जानकारी दिएको छ […]
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनमय समाचार संकलन र सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरेका छन् । चितवनको सौराहामा आयोजित ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै उनले आयोगले मंसिर २५ गते दिएको निर्देशनबमोजिम मतदाता शिक्षाको सञ्चालन, समावेशी, लैंगिक तथा अपांगतामैत्री मतदान केन्द्र बनाउन निर्देशन एवं सुरक्षा प्रबन्धका […]
नेकपा एमालेले शुक्रबारदेखि देशव्यापी चुनावी अभियान सुरु गर्ने भएको छ । चुनावी अभियान सुदूरपश्चिमको दार्चुलाबाट सुरु गर्न लागिएको हो । पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दार्चुला सदरमुकाम खलंगामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अभियानको शुभारम्भ गर्ने एमालेले जनाएको छ । अभियानको सुरु गर्न बिहीबार राति १० बजे श्रीएयरलाइन्सको विमानबाट ओली धनगढी […]
निर्वाचन आयोगले आचारसंहिता उल्लंघन नगर्न र उल्लंघन गर्नेलाई कारबाही गरेरै छाड्ने बताएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त दिनेश थपलियाले आचारसंहिता उल्लंघन गर्ने ७१ जना व्यक्ति र संस्थालाई स्पष्टीकरण सोधेको जानकारी गराउनु भयो । उहाँले भन्नुभयो, ‘स्पष्टीकरण सोधेपछि उहाँहरूले पेस गरेको जवाफको आधारमा कारवाही प्रक्रिया अघि बढाइसकेका छौँ । तथ्य र प्रमाण […]
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार डा.तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएको हो । डा. कार्की लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । उनी मेडिकल काउन्सिलको निर्वाचित सदस्य हुन् […]
काठमाडौं। निर्वाचन आयोगले फेसबुक पेज/ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/श्रव्यदृश्य सामग्री प्रकाशन गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले त्यस्ता झुठ फेसबुक पेज/ग्रुपहरू सिर्जना गरी दलका नेताहरूविरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७ निर्वाचन (कसुर तथा सजाय) ऐन. २०७३ […]