'समानुपातिकमा एमाले पहिलो, रास्वपाभन्दा माओवादी अगाडि'

३ वर्ष अगाडि


प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणना जारी छ। ९३ लाख ३० हजार ३८० मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिनेर माओवादी केन्द्र तेस्रो स्थानमा पुगेको छ।

१० लाख ६८ हजार ५०३ मत ल्याएर माओवादी तेस्रोमा उक्लिदा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ६४ हजार २०५ मत ल्याएर चोथो स्थानमा छ। यसअघि रास्वपाले माओवादीलाई उछिनेको थियो।

नेकपा एमाले २५ लाख ३९ हजार ५८६ मतसहित अग्रता कायमै गर्दा २४ लाख ३ हजार ६३६ मत ल्याएको कांग्रेस दोस्रो स्थानमा छ।

पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ७५८, छैटौँ स्थानमा रहेको जसपाले ३ लाख ३० हजार ३३४ र सातौँ स्थानमा रहेको जनमत पार्टी २ लाख ६६ हजार ११५ मत ल्याएको छ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी २ लाख ५३ हजार ३७० मत ल्याएको छ। जनमत पार्टी थ्रेसहोल्ड कटाउँदा नेकपा एसलाई हम्मेहम्मे पर्ने देखिएको छ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९६४, लोसपाले १ लाख २७ हजार ९४४ मत ल्याएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला