'डा.तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्चको निर्वाचन आयोगका नाममा अन्तरिम आदेश'

३ वर्ष अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार डा.तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएको हो ।

डा. कार्की लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । उनी मेडिकल काउन्सिलको निर्वाचित सदस्य हुन् ।

तर, नियमित तलब भत्ता नलिने भएको कारण उक्त पद लाभको पद नरहेको दाबी गर्दै कार्कीले सोमबार सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेकी थिइन् ।

मंगलबार पेसीमा चढेको उक्त रिटमा न्यायाधीश चुडालको इजलासले अन्तरिम आदेश जारी गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ । सर्वोच्चको आदेशसँगै तत्कालका लागि कार्कीको उम्मेदवारी कायम भएको छ । अब दुई न्यायाधीश रहने संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुनेछ । विपक्षीले उम्मेदवारी कायम नरहने तथ्य र प्रमाण पेस गर्न सकेमा अन्तरिम आदेशले निरन्तरता नपाउन सक्नेछ ।

तर, दुई न्यायाधीशको इजलासले समेत अन्तरिम आदेशको निरन्तरता हुने आदेश दिएमा उनी चुनावी प्रतिस्पर्धामा सहभागी हुन पाउनेछिन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला