'पुनः मतदान भएको बाजुरामा मुचुल्का भन्दा बढी मत भेटिए पछि मतगणना रोकियो'

३ वर्ष अगाडि

बाजुरामा मतगणना रोकिएको छ । मत पेटीकामा मुचुल्का भन्दा बढी मत भेटिएपछि मत गणना रोकिएको हो ।

बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका भइरहदा मुचुल्का भन्दा ४० बढी मत पाइएको थियो ।

मुचुल्काको मत भन्दा बढी मत भेटिएपछि प्रतिनिधि सभा तर्फको मत गणना रोकिएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए ।

यहाँ एमालेका पूर्व मन्त्री कर्ण थापा र कांग्रेसका सह महामन्त्री बद्री पाण्डे चुनावी मैदानमा छन् । अहिले सम्म पाण्डेले १ हजार २६९ मतको अग्रता बनाइरहेका छन् ।
पाण्डेको ५ हजार ३९९ मत पाउँदा थापाले ४ हजार १३० मत ल्याएका छन् । मङ्सिर ४ गते धाँधली भएको आरोप पछि रोकिएको मत गणना निर्वाचन आयोगको निर्णय पछि हिजो साँझबाट सुरु भएको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो