'एमालेको चुनावी अभियान आजबाट सुरु, पहिलो दिन दार्चुला, बैतडी र कञ्चनपुरबाट चुनावी सभा हुदै'

४ वर्ष अगाडि

नेकपा एमालेले शुक्रबारदेखि देशव्यापी चुनावी अभियान सुरु गर्ने भएको छ । चुनावी अभियान सुदूरपश्चिमको दार्चुलाबाट सुरु गर्न लागिएको हो ।

पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दार्चुला सदरमुकाम खलंगामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अभियानको शुभारम्भ गर्ने एमालेले जनाएको छ ।
अभियानको सुरु गर्न बिहीबार राति १० बजे श्रीएयरलाइन्सको विमानबाट ओली धनगढी आइपुगेका छन् । धनगढीस्थित रुवस होटलमा बसेका ओली बिहान ११ बजे हेलिकोप्टर मार्फत दार्चुला प्रस्थान गर्ने कार्यतालिका रहेको एमाले सुदूरपश्चिम प्रदेश कमिटीले जानकारी दिएको छ।

ओलीले शुक्रबार नै बैतडीको पाटन र कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । दलहरुले आजबाट चुनावी सभा गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी