अर्थतन्त्र

राष्ट्र बैंकले यो बर्षपनि नयाँ नोट नछाप्ने सुकिला नोट भने भदौ २९ गतेदेखि पाइने

नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गर्दै यही भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटहीको व्यवस्था गरिएको छ । बैंकले २०८२ सालको दशैंको लागि यस पटक पनि सुकिला नोट सटहीको व्यवस्था गरिएको जानकारी दिएको हो। बैंकहरूले गत वर्षदेखि नयाँ नोट सटही गरेका छैनन् । गत वर्षको दशैंमा पनि सुकिला नोट मात्रै सटही गरिएको थियो […]

देवदह नगरपालिकाको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

देवदह नगरपालिकाले बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक बर्ष २०८१-०८२ मा नगरपालिकाले प्रदान गरेको सेवा, विकास निर्माणको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको हो । बार्षिक समिक्षा कार्यक्रममा नगरपालिकाले १५ करोड २७ लाख ७० हजार आन्तरिक राजश्व संकलन गर्न सफल भएको बताएका छन् । नगरपालिकाले २५ करोड ४६ लाख ८८ हजार राजश्व संकलन गर्ने […]

अब पोखराबाट सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडान गर्ने

पोखराबाट सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडान गर्ने भएको छ । चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडान गर्ने तयारी गरेको हो । उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडानको अनुमति मागेको हो । उडान अनुमतिका […]

एनआरएन अमेरिकाको अध्यक्षमा सतेन्द्र शाह निर्वाचित

  रोहित अधिकारी अमेरिका । गैर आवासीय नेपाली सङ्घ, (एनआरएन) राष्ट्रिय समन्वय परिषद (एनसिसी) अमेरिकाको अध्यक्षमा सतेन्द्र शाह निर्वाचित भएका छन । सोमबार घोषणा गरिएको निर्वाचन परिणामबाट शाह (२०२५-२०२७) निर्वाचित भएका हुन। त्यस्तै महासचिवमा मोहन न्यौपाने विजयी भएका छन । अनलाइन मतदानका लागि आइतबार र सोमबार दुई दिन तोकिएको थियो । निर्वाचन समितिका अनुसार, अध्यक्ष […]

देवदहमा बलगोपाल शिश महल उद्घाटन, धार्मिक पर्यटन प्रवर्द्धनमा थप टेवा

देवदह । रुपन्देहीको देवदह–७, शित्तलनगरस्थित श्री दुर्गा मन्दिर संरक्षण समितिले धार्मिक पर्यटन प्रवर्द्धनका उद्देश्यसहित मन्दिर परिसरमा निर्माण गरिएको बलगोपाल शिश महलको उद्घाटन गरिएको छ। शनिबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर श्री १००८ स्वामी विवेकानन्द सरस्वतीजी महाराजले शिश महलको विधिवत रुपमा समुद्घाटन गर्नुभएको हो। शिश महलको समुद्घघाटन गर्दै स्वामी विवेकानन्द सरस्वतीजी महाराजले सत्कर्मले मानवमा सकारात्मक सन्देश प्रवाह […]

देवदहमा बालगोपाल शिश महल उद्घाटनको तयारी, धार्मिक पर्यटनमा नयाँ आकर्षण

रुपन्देहीको देवदह–७, शित्तलनगरस्थित श्री दुर्गा मन्दिर संरक्षण समितिले धार्मिक पर्यटन प्रवर्द्धन र धरोहर संरक्षणको उद्देश्यसहित बालगोपाल शिश महल निर्माण सम्पन्न गरेको छ। समितिको देवदह मणिदीप धाम निर्माण योजनाअन्तर्गत करिब ७५ लाख रुपैयाँ लागतमा बनेको यस महलको उद्घाटन यही साउन ३१ गते, श्रीकृष्ण जन्माष्टमीको अवसरमा, ‘श्री १००८ स्वामी विवेकानन्द सरस्वती जी महाराज’बाट गरिने समितिले मंगलबार पत्रकार […]

देवदहमा संघीय आयोजना कार्यान्वयनका लागि सहजीकरण समिति गठन

देवदह – संघीय सरकारको शहरी विकास मन्त्रालयबाट आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित योजनाको प्रभावकारी कार्यान्वयन तथा सहजीकरणका लागि देवदह नगरपालिकामा आइतवार बैठक सम्पन्न भएको छ। नगर प्रमुख ध्रुवप्रसाद खरेलको अध्यक्षता र प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले संघीय आयोजना कार्यान्वयन सहजीकरण समिति गठन गरेको हो। गठित समितिको संयोजक नगर प्रमुख खरेल, सह–संयोजक […]

सन्दीप लामिछाने बने सान्सिक प्रोडक्सन म्युजिक कम्पनीको सीईओ

नेपाली राष्ट्रिय कृकेट टिममा प्रमुख सदस्य तथा पुर्व कप्तान सन्दीप लामिछाने सान्सिक प्रोडक्सन म्युजिक कम्पनीको सीईओ बनेका छन । उनी सान्सिक प्रोडक्सन नामको म्युजिक कम्पनीमा जोडिएका हुन् । यो कम्पनीमा उनको ४५ प्रतिशत सेयर रहने छ । कम्पनीका संस्थापक सीइओ अनमोल थापा हुन् । बाँकी ५५ प्रतिशत सेयर थापासँगै रहने गरी सम्झौता भएको छ । […]

एनपीएलमा क्यानलाई २ कराेड ४६ लाख नाफा

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट नेपाल क्रिकेट संघ क्यानले २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ बचत गरेको छ । नेपाल प्रिमियर लिग परिचालन परिषद्ले बिहीबार बोर्ड बैठकमा पेस गरेको आय व्यय विवरण अनुसार उक्त रकम बचत गरेको हो । एनपीएलको पहिलो संस्करणमा २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ आम्दानी […]

आर्थिक सुधारका लागि सरकार प्रतिबद्ध छ : उपप्रधान तथा अर्थमन्त्री

बुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक अवस्था सुधारका लागि सरकार प्रतिबद्ध भएर काम गरिरहेको बताउनुभएको छ । तीन दिनदेखि रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी भएका अर्थमन्त्री पौडेलले शनिबार साँझ उद्योगी व्यवसायीसँगको छलफलमा यस्तो बताउनुभएको हो । नेकपा (एमाले) रुपन्देही अन्तर्गत उद्योग वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको अन्तरसंवादमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रका प्रतिनिधिले […]