'सन्दीप लामिछाने बने सान्सिक प्रोडक्सन म्युजिक कम्पनीको सीईओ'

९ महिना अगाडि

नेपाली राष्ट्रिय कृकेट टिममा प्रमुख सदस्य तथा पुर्व कप्तान सन्दीप लामिछाने सान्सिक प्रोडक्सन म्युजिक कम्पनीको सीईओ बनेका छन ।

उनी सान्सिक प्रोडक्सन नामको म्युजिक कम्पनीमा जोडिएका हुन् । यो कम्पनीमा उनको ४५ प्रतिशत सेयर रहने छ । कम्पनीका संस्थापक सीइओ अनमोल थापा हुन् । बाँकी ५५ प्रतिशत सेयर थापासँगै रहने गरी सम्झौता भएको छ । यस कम्पनीले गीत उत्पादनका साथै म्युजिक भिडिओको निर्माण समेत गर्दै आएको छ ।

सान्सिक प्रोडक्सनले थुप्रै चर्चित गीतहरु बजारमा ल्याइसकेको छ । प्रतिभाशाली तर ‘अन्डररेटेड’ कलाकारहरुलाई यसले महत्व दिने गर्छ । यस कम्पनीले ल्याएका गीतहरुमा सुबोक केसीको आवाज रहेको ‘म हराएँ‘’, गौरव राइको ‘लग्यो रे’, ओयसिस थापाको स्वरमा ‘अन्तिम बिदाइ’, नितेशजंग कुँवरको स्वरमा ‘स्वर्गकी परी’ आदि चर्चित छन् ।

सन्दीप संगीतमा विशेष रुची राख्छन् । क्रिकेटपछि उनको सोख संगीत हो । उनले केही गीतहरु गाएर रेकर्ड पनि गराएका छन् । सन्दीप केही समयअघि नेपाल क्रिकेट संघ (क्यान) को सेन्ट्रल कन्ट्र्याक्टबाट बाहिरिएका थिए । त्यसले गर्दा उनलाई क्रिकेटबाहिर अन्य क्षेत्रमा सक्रिय हुन सहज भएको छ । सेन्ट्रल कन्ट्र्याक्टमा नरहेपछि उनले क्यानबाट मासिक तलव पाउने छैनन् । उनी एक–दुई दिनमा नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा जोडिने तयारीमा रहेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय