'जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते'

३ हप्ता अगाडि

सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१२ पुथालास्थित भित्री सडक खण्डमा जन्ति बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने  १४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराई अनुसार मृत्यु हुनेमा बनगाड कुपिण्डे नगरपालिका–८ थाराका ५२ वर्षीय टोपबहादुर थापा, ५२ वर्षीय ठगे घर्ती, २९ वर्षीय कर्णबहादुर पुन र ३० वर्षीय मनबहादुर थापा रहेका छन् ।

शनिबार साँझ करिब ५ः३० बजे थाराबाट कालिमाटी–लक्ष्मीपुरतर्फ जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप अनियन्त्रित भइ सडकबाट करिब ५० मिटर तल खसेपछि दुर्घटना भएको हो । जिप चालक ३८ वर्षीय कुलबहादुर राना रहेको र सवारीमा चालकसहित १८ जना सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अमर सिंह कँवर, डम्मर घर्ती, जनक थापा, भूपेन्द्र कँवर, भुलबहादुर थापा, जुग सिंह पुन, कर्णबहादुर पुनलगायत गम्भीर घाइते भएका छन् । अन्य घाइतेहरूको अवस्था मध्यम रहेको बताइएको छ ।

दुर्घटनालगत्तै स्थानीयवासी र प्रहरी टोलीले उद्धार कार्य सञ्चालन गरेका थिए । अस्थायी प्रहरी पोष्ट बाबियाचौर, इलाका प्रहरी कार्यालय देवस्थल र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको हो ।

घाइतेहरूलाई जिल्ला अस्पताल सल्यान र मेहेलकुना अस्पताल, सुर्खेतमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी