'देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय'

४ हप्ता अगाडि

देवदह नगरपालिकामा नगरस्तरीय छात्रवृत्ति व्यवस्थापन समितिको बैठक सम्पन्न भई छात्रवृत्ति वितरण सम्बन्धी महत्वपूर्ण निर्णयहरू गरिएको छ। बैठक समितिका संयोजक तथा नगर प्रवक्ता  गणेश डुम्रेको अध्यक्षतामा सम्पन्न भएको हो।

बैठकले नगरभित्रका संस्थागत विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई प्रदान गरिने छात्रवृत्तिलाई व्यवस्थित, पारदर्शी र लक्षित वर्गमै केन्द्रित गर्ने उद्देश्यका साथ समिति गठन गरेको छ, जसमा संयोजकका रूपमा गणेश डुम्रे रहेका छन् भने सदस्यहरूमा मित्रलाल न्यौपाने, कृष्ण प्रसाद पौडेल, राम बहादुर गुरुङ, हुम प्रसाद पाठक, जमुना पौडेल र सदस्य सचिवका रूपमा परशुराम ढकाल रहेका छन्।

बैठकले छात्रवृत्ति वितरण कार्यविधि २०७४ अनुसार प्रत्येक विद्यालयमा तीन दिनभित्र विद्यालयस्तरीय समिति गठन गर्न अनुरोध गर्ने, चालु शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरूको १० प्रतिशत कोटा अनुसार छात्रवृत्ति प्रदान गर्ने तथा सोसम्बन्धी सूचना १५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ। साथै, छात्रवृत्ति छनोटका लागि कक्षा ३ सम्म मौखिक र कक्षा ४ भन्दा माथिका लागि १०० पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको छ भने उक्त परीक्षा वैशाख २५ गते शुक्रबार बिहान १०:३० बजे सञ्चालन हुने जनाइएको छ।

साथै, सबै संस्थागत विद्यालयका प्रधानाध्यापकहरूका लागि छात्रवृत्ति वितरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम वैशाख ३ गते दिउँसो २ बजे नगरपालिकाको सभाहलमा आयोजना गरिने पनि निर्णय गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी