'देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य'

४ हप्ता अगाडि

रूपन्देही। देवदह नगरपालिकाले नगर अस्पतालको नवनिर्मित भवनबाट औपचारिक रूपमा सेवा सुचारु गरेको छ। मंगलबार आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख ध्रुवप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङले संयुक्त रूपमा भवन उद्घाटन गर्नुभएको हो।

विगत केही वर्षदेखि सानो संरचनाबाट १५ शैयाको अस्पताल सञ्चालन गर्दै आएको नगरपालिकाले अब आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिने भएको छ। २०७९ साल असारमै सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि ठेकेदारको लापरवाहीका कारण निर्माण कार्यमा ढिलाइ हुँदा नयाँ भवनबाट सेवा सुरु गर्न केही समय लागेको थियो।

हाल ५ जना चिकित्सकसहित २४ जना कर्मचारी कार्यरत रहेको अस्पतालमा नागरिकलाई सहज उपचार सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य बीमाको ‘पहिलो विन्दु’ समेत स्थापना गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख ध्रुवप्रसाद खरेलले नागरिकको स्वास्थ्य पहुँचलाई प्राथमिकतामा राखेर अस्पताल सञ्चालन गरिएको बताउनुभयो। उहाँले सबै नागरिकले आफ्नै ठाउँमा औषधि उपचार पाउनुपर्ने लक्ष्य रहेको उल्लेख गर्दै विगतका राम्रा कामलाई निरन्तरता दिँदै आगामी नेतृत्वले पनि सोही आधारबाट काम अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै राम्रो कामको प्रशंसा गर्ने र एकअर्कालाई सहयोग गर्ने भावना विकास गर्नुपर्नेमा जोड दिनुभयो।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलले १५ सैयाको नगर अस्पताल नयाँ भवनबाट सेवा सुरु हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। बिरामीहरूले सामान्य उपचारका लागि अन्यत्र जान नपरोस् भन्ने उद्देश्य राखिएको उल्लेख गर्दै उहाँले हाल जनशक्तिको कमी चुनौतीका रूपमा रहेको जानकारी दिनुभयो। नेपाल सरकारले प्रदान गरेको छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरूले सेवा दिइरहेको र प्रदेश तथा संघीय सरकारबाट ठूला मेसिनरी उपकरणहरूको आवश्यकता रहेको पनि उहाँले बताउनुभयो।

यस्तै पूर्व नगर प्रमुख हिरा केसीले नयाँ वर्षको सुरुवातसँगै नगर अस्पतालबाट नयाँ कामको थालनी हुनु सकारात्मक रहेको बताउनुभयो। स्वास्थ्य सेवा नागरिकसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यस क्षेत्रमा काम गर्ने सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। यसबाट नागरिकले सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो।

सो अवसरमा अस्पताल निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने पूर्व नगर प्रमुख खत्री, पूर्व स्वास्थ्य चौकी अध्यक्ष झिल्लुप्रसाद न्यौपाने र रुद्रमान ढकाललाई सम्मान गरिएको थियो। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रम नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङको स्वागत मन्तव्य र स्वास्थ्य निरीक्षक गिरी तरामुको सञ्चालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी