'लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं'

३ हप्ता अगाडि

देवदह— लायन्स क्लब अफ देवदह युनाइटेडको दोस्रो वार्षिक साधारण बैठकबाट लायन्स वर्ष २०२६/२७ का लागि नयाँ इलेक्ट टिम चयन गरिएको छ। बैठकले क्लबको आगामी नेतृत्वका लागि सर्वसम्मत रूपमा पदाधिकारी तथा सदस्यहरूको चयन गरेको हो।

नवनिर्वाचित इलेक्ट टिम अन्तर्गत अध्यक्षमा लायन टिकाराम चापागाईं चयन भएका छन् भने प्रथम उपाध्यक्षमा लायन मणिलाल तिवारी, द्वितीय उपाध्यक्षमा लायन अर्जुन गुरुङ र तृतीय उपाध्यक्षमा लायन कमल थापा चयन भएका छन्। त्यस्तै सचिवमा लायन यमलाल अर्याल, कोषाध्यक्षमा लायन किसन थापा दर्लामी, सह सचिवमा लायन रोशी गुरुङ र केशव खनाल तथा सह कोषाध्यक्षमा लायन खिल प्रसाद पाठक चयन भएका छन्।

यसैगरी प्रस्तावित अन्य टिम अन्तर्गत क्लव मेम्वरसिप चियरपर्सनमा लायन विष्णु प्रसाद अर्याल, एलसिआईएफ कोअर्डिनेटरमा लायन अनन्तराम भण्डारी, सर्भिस चियरपर्सनमा लायन काशिराम रेग्मी, एडमिनिस्ट्रेटरमा लायन विजयबहादुर क्षेत्री तथा मार्केटिङ कम्युनिकेसन चियरपर्सनमा लायन गोकुल अर्याल चयन भएका छन्।

क्लव डाइरेक्टरहरूमा लायन अर्जुन थापा, सागर अधिकारी, सुनिल रोका, विक्रम भुषाल र दिपक न्यौपाने चयन भएका छन् भने सदस्यहरूमा गोविन्द पाण्डेय, ओम काफ्ले, दिपक पाण्डेय, विक्रम पौडेल, विष्णुप्रसाद पाण्डे र महेश्वर पराजुली रहेका छन्। प्रवासी सदस्यहरूमा अन्जना गुरुङ, लक्ष्मण पाण्डेय र प्रविन गौडेल चयन भएका छन्।

बैठकको अध्यक्षता निवर्तमान अध्यक्ष लायन गणेश सापकोटाले गरेका थिए भने संस्थापक अध्यक्ष लायन माधव आचार्यको विशेष उपस्थिति रहेको थियो। नवनिर्वाचित टिमले क्लबको सामाजिक सेवा, नेतृत्व विकास तथा सामुदायिक उत्थानका कार्यहरूलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी