'देवदहमा बालगोपाल शिश महल उद्घाटनको तयारी, धार्मिक पर्यटनमा नयाँ आकर्षण'

८ महिना अगाडि

रुपन्देहीको देवदह–७, शित्तलनगरस्थित श्री दुर्गा मन्दिर संरक्षण समितिले धार्मिक पर्यटन प्रवर्द्धन र धरोहर संरक्षणको उद्देश्यसहित बालगोपाल शिश महल निर्माण सम्पन्न गरेको छ। समितिको देवदह मणिदीप धाम निर्माण योजनाअन्तर्गत करिब ७५ लाख रुपैयाँ लागतमा बनेको यस महलको उद्घाटन यही साउन ३१ गते, श्रीकृष्ण जन्माष्टमीको अवसरमा, ‘श्री १००८ स्वामी विवेकानन्द सरस्वती जी महाराज’बाट गरिने समितिले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।

२०२८ सालमा स्थापना भएको श्री दुर्गा मन्दिर व्यवस्थापन समितिले लामो समयदेखि यस क्षेत्रका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रचार–प्रसार गर्दै आएको छ। समितिका अध्यक्ष सिपी बस्यालका अनुसार, बालगोपाल सीस महलसहितका नयाँ पूर्वाधारहरूले देवदहलाई धार्मिक र सांस्कृतिक गन्तव्यका रूपमा अझ परिचित गराउने विश्वास लिइएको छ।

सीस महलभित्र कृष्णको बाल लिला, बाल गोपिनी लिला, कालिनाग मर्दन, कृष्ण विराट स्वरुपजस्ता आकर्षक कलाकृतिहरू सुन्दरताका साथ उत्कीर्ण गरिएका छन्। साथै परिसरभित्र अर्जुन रथ, बुद्धविहार, वाटर फाउण्टेन, रमणीय धार्मिक पार्क, विश्राम स्थल र आकर्षक प्रवेशद्वारसमेत निर्माण गरिएको छ।

मन्दिर व्यवस्थापन समितिका सचिव दिनानाथ सापकोटाका अनुसार, मन्दिर आम्दानी, दान–दक्षिणा, स्थानीय चन्दा, सहयोगी महानुभाव र देवदह नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न यो परियना संचालनमा आएपछि देवदहमा धार्मिक पूर्वाधारको विस्तारसँगै स्थानीय र बाह्य पर्यटकलाई रात बिताउन सक्ने सुविधा र धार्मिक–सांस्कृतिक वातावरण उपलब्ध हुने अपेक्षा गरिएको छ।

उद्घाटनको दिन निशुल्क अवलोकनको व्यवस्था मिलाइएको छ भने भाद्र १ गतेदेखि प्रतिव्यक्ति ५० रुपैयाँ, विद्यार्थीका लागि ३० रुपैयाँ, र ३० जनाभन्दा बढीको समूहलाई प्रतिव्यक्ति ३० रुपैयाँ टिकटदर लागू हुनेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय