'एनआरएन अमेरिकाको अध्यक्षमा सतेन्द्र शाह निर्वाचित'

८ महिना अगाडि

 

रोहित अधिकारी अमेरिका । गैर आवासीय नेपाली सङ्घ, (एनआरएन) राष्ट्रिय समन्वय परिषद (एनसिसी) अमेरिकाको अध्यक्षमा सतेन्द्र शाह निर्वाचित भएका छन ।

सोमबार घोषणा गरिएको निर्वाचन परिणामबाट शाह (२०२५-२०२७) निर्वाचित भएका हुन। त्यस्तै महासचिवमा मोहन न्यौपाने विजयी भएका छन ।

अनलाइन मतदानका लागि आइतबार र सोमबार दुई दिन तोकिएको थियो । निर्वाचन समितिका अनुसार, अध्यक्ष शाहले भानु खरेल, रामहरि अधिकारी र रामजी (राज) आचार्यलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन।

नया कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ । शाहले तीन हजार दुइ सय २८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी भानु खरेलले दुई हजार पाँच सय छ मत प्राप्त गरे ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा सन्तोष पहारी निर्वाचित भएका छन । त्यसैगरी राष्ट्रिय उपाध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रिएका १३ जनामध्ये चार जना निर्वाचित भएका छन । निर्वाचन आयोगका अनुसार, प्रदीप चौलागाईँ, डा. गङ्गाधर आचार्य, आङ्ग छिरिङ्ग शेर्पा र सुरेन्द्र लौडारी निर्वाचित भएका हुन ।

समितिका अनुसार, राष्ट्रिय महिला उपाध्यक्षमा सुनीता खत्री, सङ्घको युवा उपाध्यक्ष पदमा विजय वाइवा निर्वाचित भएका छन ।

सङ्घको महासचिवमा मोहन न्यौपाने निर्वाचित भएका छन । त्यसैगरी सचिवमा सूर्य वस्ताकोटी र कोषाध्यक्षमा रविन्द्र उप्रेती निर्वाचित भएका छन । त्यस्तै महिला सचिवमा लक्ष्मी थापा र सहकोषाध्यक्षमा मोहन कुसारी निर्विरोध निर्वाचित भएका छन ।

निर्वाचन समितिका अनुसार, युवा संयोजकमा संसार चौलागाईँ र महिला संयोजकमा करिना कुँवर निर्वाचित भए ।

सङ्घको बोर्ड सदस्य (वोर्ड अफ डाइरेक्टर) मा आठ जना निर्वाचित भएका हुन । सो पदका लागि २३ जनाको मनोनयन परेको थियो ।

संघको अध्यक्षमा निर्वाचित भएपछि एकताबद्ध एनआरएनएले मात्र एनआरएनहरूका मुद्दालाई सम्बोधन गर्नसक्ने भएकोले सबैलाई एकजुट गराएर अगाडि बढाउने आफ्नो योजना रहेको संक्षिप्त प्रतिक्रिया दिए ।

निवर्तमान अध्यक्ष डा। अर्जुन बञ्जाडेले एनआरएन अमेरिका आगामी दिनमा अझ सबल, एकताबद्ध र प्रभावकारी रूपले अगाडि बढ्न सकोस् भन्ने कामना दिदै सहभागी सबै पक्ष र वर्गलाई धन्यवाद पनि दिए ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय