'देवदह नगरपालिकाको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न'

८ महिना अगाडि

देवदह नगरपालिकाले बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक बर्ष २०८१-०८२ मा नगरपालिकाले प्रदान गरेको सेवा, विकास निर्माणको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको हो । बार्षिक समिक्षा कार्यक्रममा नगरपालिकाले १५ करोड २७ लाख ७० हजार आन्तरिक राजश्व संकलन गर्न सफल भएको बताएका छन् ।

नगरपालिकाले २५ करोड ४६ लाख ८८ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएपनि त्यो पुरा गर्न नसकिएको राजश्व शाखा प्रमुख विष्णु वस्यालले जानकारी दिनु भयो । आर्थिक बर्ष २०८१-०८२ मा देवदहमा ४ सय ३९ योजना सम्पन्न गरेको प्रशासन तथा योजना शाखा प्रमुख रमेश गिरीले जानकारी दिनु भयो । गिरीका अनुसार आर्थिक बर्षमा नगरपालिकाले ४४२ वटा योजना विनियोजन गरेको पनि ९९.३२ प्रतिशत सम्पन्न गर्न सफल भएको बताउनु भयो ।

यसैगरी यस आर्थिक बर्षमा पुर्जगत तर्फ २९ करोड ५१ लाख ७०, चालु तर्फ ४७ करोड ३५ लाख ९८ हजार गरी ७६ करोड ८७ लाख ७९ हजार रुपैया खर्च गरेको लेखा शाखा प्रमुख निरज पौडेलले जानकारी दिनु भयो । बार्षिक समिक्षा कार्यक्रममा पौडेलले शिक्षा तर्फ २५ करोड ४० लाख ८६ हजार, स्वास्थ्य तर्फ ४ करोड २० लाख १४ हजार, कृषि तर्फ ८ करोड ९३ लाख ६२ हजार, पशुपक्षी तर्फ ३ करोड ९८ लाख ८१ हजार, भूमि व्यवस्थापन तर्फ ५३ लाख ६८ हजार, सामाजिक विकास तर्फ १ करोड ४३ लाख, पुर्वाधार तर्फ १६ करोड ९८ लाख ८६ हजार खर्च गरिएको जानकारी दिनु भयो । लेखा अधिकृत पौडेलका अनुसार देवदह नगरपालिकाको अहिले सम्म २२ करोड ५८ लाख ८३ हजार बेरुजु रहेको जानकारी दिनु भयो ।

कार्यक्रममा कृषि शाखा प्रमुख राजेन्द्र चौधरीले कृषि उत्पादन बृद्धिको लागि कृषकहरुलाई अनुदानमा कृषि औजार प्रदान गरिएको जानकारी दिनु भयो । चौधरीले यस आर्थिक बर्षमा देवदह नगरपालिकाले ११ हजार ३ सय १८ बोरा यूरिया, ७ हजार ९५ बोरा डीएपी र २९२ पोटास मल विभिन्न सहकारी मार्फत कृषकहरुलाई वितरण गरिएको जानकारी दिनु भयो ।

कार्यक्रममा शिक्षा अधिकृत पर्शुराम ढकालले देवदह नगररपालिकामा रहेको ५२ वटा विद्यालयमा २१ हजार १८६ विद्यार्थी अभ्ययनरत रहेको जानकारी दिनु भयो । ढकालले यस बर्षको एसइइ परीक्षामा देवदहको नतिजा राम्रो रहेको जानकारी दिदै सामुदायिक विद्यालय तर्फ ८१.८२ र संस्थागत तर्फ ९७.९६ प्रतिशत विद्यार्थी उत्र्तिण हुन सफल भएको जानकारी दिनु भयो ।

स्वास्थ्य अधिकृत गिरी तरामुले देवदह नगरपालिकामा यस आर्थिक बर्ष क्षयरोगका कारण ३ जनाको मृत्यु भएको जानकारी दिनु भयो । गिरीका अनुसार देवदह क्षेत्रमा कुष्ठरोग र नर्सने रोग भयावह अवस्थामा रहेको बताउदै यस तर्फ नगरपालिकाको ध्यान जान जरुरी रहेको बताउनु भयो ।

कार्यक्रममा नगरपालिकामा रहेको शाखा प्रमुख र १२ वटै वडा सचिवहरुले बार्षिक रुपमा गरेको कामको प्रतिवेदन प्रस्तुत गरेका थिए । नगर प्रमुख धु्रवप्रसाद खरेलको अध्यक्षता, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत र रमेश गिरीको संचालनमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलले कार्यक्रकको उदेश्यको वारेमा जानकारी दिदै टुक्रे आयोजनाका कारण कार्यान्वयनमा समस्या भएको बताउनु भयो । उहाले अन्तिम चौमासिकमा काम गर्दा गुणस्तर हुन नसक्ने बताउदै समयमा नै योजना सम्पन्न गर्ने गरी लाग्न आग्रह गर्नु भयो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय