'देवदहमा संघीय आयोजना कार्यान्वयनका लागि सहजीकरण समिति गठन'

८ महिना अगाडि

देवदह – संघीय सरकारको शहरी विकास मन्त्रालयबाट आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित योजनाको प्रभावकारी कार्यान्वयन तथा सहजीकरणका लागि देवदह नगरपालिकामा आइतवार बैठक सम्पन्न भएको छ। नगर प्रमुख ध्रुवप्रसाद खरेलको अध्यक्षता र प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले संघीय आयोजना कार्यान्वयन सहजीकरण समिति गठन गरेको हो।

गठित समितिको संयोजक नगर प्रमुख खरेल, सह–संयोजक विद्यालक्ष्मी गुरुङ रहेका छन् भने सदस्यमा नगर प्रवक्ता गणेश डुम्रे, देवदह–१० का वडाअध्यक्ष यकबहादुर सुनार, ९ का मोहनबहादुर जिसी, २ का दलबहादुर राकासकोटी, ११ का दुधनाथ यादव, जीवन विज्ञानका नमकान्त पाण्डे, नगर खेलकुद समितिका संयोजक कमल पाण्डे, नगरपालिका इञ्जिनियर राजकुमार यादव, देवदह खानेपानीका अध्यक्ष गुमानसिंह कुवर र बेद गिरी रहेका छन्।

बैठकमा सांसद विश्वकर्माले बजेट व्यवस्थापनभन्दा कार्यान्वयन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै समयमै ठेक्का प्रक्रियामा लैजाने र गुरुयोजना अनुसार काम गर्नुपर्नेमा जोड दिए। उनले केरवानी–ढेकावर पुललाई प्राथमिकतामा राख्ने प्रतिवद्धता पनि जनाए। नगर प्रमुख खरेलले अन्तिम समयमा मात्र काम गर्ने परिपाटी अन्त्य गर्न आवश्यक रहेको बताए। बैठकमा राजनीतिक दलका प्रतिनिधि, वडाध्यक्षहरू, टोल विकास संस्था, खेलकुद समिति, खानेपानी समिति र सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो।

आर्थिक वर्ष २०८२/०८३ मा कार्यान्वयन हुने मुख्य परियोजनाः
-भलुही–चरङ्गे सडक निर्माण (देवदह–१०) – रु. १ करोड ५० लाख
-नरबहादुर नेपाली स्मृति खेलमैदान स्तरोन्नति (देवदह–५, पानबारी) – रु. १ करोड ५० लाख
-जीवन विज्ञान योग प्रयोगशाला भवन निर्माण (देवदह–२) – रु. १ करोड ५० लाख
-कदमीपुर–रेहेरा–रामपुर चौराहा सडक स्तरोन्नति (देवदह–११) – रु. १ करोड ५० लाख

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

क्लिनिकको चरम लापरवाहीले गर्ववती महिलाको मृत्यु, तिनदिन देखि शव अस्पतालमै

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय