'बुटवलमा थपियो अर्को ठूलो कभर्डहल !'

४ वर्ष अगाडि

बुटवल  । सेमलारमा निर्माण गरिएको यसक्षेत्रकै ठूलो कभर्डहलको बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीले सोमबार उद्घाटन गर्नुभएको छ। २ करोड बराबरको लागतमा उपमहानगरले कभर्डहल निर्माण गरेको हो । कभर्डहलमा एकैपटक चारवटा कोर्टमा प्रतिस्पर्धा र इण्डोर गेमका अधिकांश प्रतिस्पर्धा गराउन मिल्ने वडा अध्यक्ष डम्बरबहादुर भण्डारीले बताउनुभयो । उद्घाटन समारोहमा उपप्रमुख गुमादेवी आचार्य, जनप्रतिनिधि तथा स्थानीय समाजसेवी कृष्णप्रसाद भुसाल, समाजसेवी तथा राजनीतिक दलका नेता हरिध्वज मल्ल, निर्माण उपभोक्ता समिति अध्यक्ष विनोद आचार्य,वडाका सचिव मेघराज काफ्लेलगायतले खेलकुदको विकासका लागि उपमहानगरले नमुना कार्य गर्दैआएको उल्लेख गर्नुभएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

प्रहरीको साइबर ब्युरोको प्रतिनिधि बनेर ठगी गर्ने पक्राउ

बैतडीमा घरको छतबाट खसेर मजदुरको मृत्यु, प्रहरी अनुसन्धान जारी

कैलालीमा तालिमरत सशस्त्र प्रहरी जवानको उपचारका क्रममा मृत्यु

नेप्से घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

जेनजी आन्दोलनमा जलेका सवारीका नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

मुख्यमन्त्री इन्द्र बानियाँको घर–कार्यालयमा छापा, सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु

मन्त्रिपरिषद्का ४ मुख्य निर्णय सार्वजनिक

बाजुरामा चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु