'रूपन्देहीका दुई गाउँपालिका अध्यक्ष एमाले प्रवेश'

४ वर्ष अगाडि

रुपन्देही  । रूपन्देहीका दुई गाउँपालिका अध्यक्ष नेकपा एमाले प्रवेश गरेका छन् । जिल्लाको ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट ‘राहुल’, उपाद्यक्ष सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव एमालेमा प्रवेश गरेका हुन्।

गत निर्वाचनमा रोहिणी गाउँपालिकाका अध्यक्ष यादव संघीय समाजवादी फोरम, नेपालबाट निर्वाचित भएका थिए भने ओमसतियाका अध्यक्ष राहुल र उपाध्यक्ष हरिजन माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।
उनीहरुलाई सोमबार एक कार्यक्रमका बीच एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, सचिव छबिलाल विश्वकर्मा, पोलिटव्युरो सदस्य लिला गिरी, दधिराम न्यौपाने लगायतका नेताले पार्टीमा प्रवेश गराएका हुन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा

ई–बिडिङ ह्याक प्रकरणमा थप एक पक्राउ, पक्राउ संख्या १३ पुग्यो

ओमानसँग नेपाल १०२ रनले पराजित, डीएलएस मेथडले खेल टुंगियो

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने: रवि लामिछाने

नेप्सेमा दोहोरो गिरावट: २५.८१ अंकले घटेर २७४४ मा सीमित

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ

दुई दिनमै सुनको भाउ ६ हजार रुपैयाँले घट्यो

फेरि बढ्यो सार्वजनिक यातायात भाडा