'तामाङ समुदायले आज सोनाम ल्होसार मनाउँदै'

४ वर्ष अगाडि

काठमाडौं। तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु भएको छ।

आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाताहरू बताउछन् । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । पर्वको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीसहित दलका नेताहरूले शुभकामना दिएका छन् ।

सोनाम ल्होसारको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

निर्माण व्यवसायीको सरकारलाई अल्टिमेटम: मूल्य समायोजन नभए काम बन्द

जाजरकोटमा लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ

ओमानविरुद्ध नेपालद्वारा २५७ रनको लक्ष्य, आरिफको आक्रामक अन्त्य

आज रुपन्देही र कपिलवस्तु लगाएतका ठाउमा तीव्र हावाहुरीको चेतावनी, सावधानी अपनाउन आग्रह

स्मार्ट टेलिकमका पूर्व प्रबन्ध निर्देशक सर्वेश जोशी ठगी आरोपमा पक्राउ

प्रहरीको साइबर ब्युरोको प्रतिनिधि बनेर ठगी गर्ने पक्राउ

बैतडीमा घरको छतबाट खसेर मजदुरको मृत्यु, प्रहरी अनुसन्धान जारी