'बुटवलमा सैनिक अस्पताल र विद्यालय बन्ने'

४ वर्ष अगाडि

बुटवल । बुटवलमा नेपाली सेनाको अस्पताल र विद्यालय भवन बन्ने भएको छ । सैनिक कल्याणकारी योजनाअन्तर्गत सैनिक कल्याणकारी कोषको लगानीमा रुपन्देहीको खस्यौली ब्यारेक हाताभित्र सैनिक आवासीय महाविद्यालय र २२ नम्बर बाहिनी अड्डा योगिकुटी ब्यारेकभित्र सैनिक अस्पताल निर्माण गर्न लागिएको हो ।

विद्यालय भवन र सैनिक अस्पतालको आइतबार नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले शिलान्यास गरेका छन् । त्यस अवसरमा प्रधानसेनापति शर्माले सैनिक ब्यारेक क्षेत्रभित्र बन्ने अस्पताल र विद्यालयले नेपाली सेनाका बालबालिकाको शिक्षा दीक्षा र सैनिकहरूको उपचारमा सहजता हुने बताए ।

कार्यक्रमका अवसरमा प्रधानसेनापति शर्माले लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन समक्ष शिष्टाचार भेटवार्ता गरेका थिए । बुटवल उपमहानगरपालिका–१ मा अवस्थित ऐतिहासिक जीतगढी किल्लाको समेत प्रधान सेनापति शर्माले अवलोकन गरेका छन् ।

अवलोकनको क्रममा प्रधानसेनापति शर्मालाई श्री गरुडदल गणका गणपति प्रमुख सेनानी रामकृष्ण श्रेष्ठले ऐतिहासिक जितगढी किल्ला पुनःनिर्माण कार्य सम्बन्धी गुरुयोजनाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा स्थानीय इतिहास सम्बन्धी जानकार व्यक्ति रवीन्द्र लाकौल तथा वडा अध्यक्ष महेन्द्र प्रसाद लिगललगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा

ई–बिडिङ ह्याक प्रकरणमा थप एक पक्राउ, पक्राउ संख्या १३ पुग्यो

ओमानसँग नेपाल १०२ रनले पराजित, डीएलएस मेथडले खेल टुंगियो

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने: रवि लामिछाने

नेप्सेमा दोहोरो गिरावट: २५.८१ अंकले घटेर २७४४ मा सीमित

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ

दुई दिनमै सुनको भाउ ६ हजार रुपैयाँले घट्यो

फेरि बढ्यो सार्वजनिक यातायात भाडा