'खाङतेका हिमाल चढ्ने क्रममा बेपत्ता ३ फ्रान्सेलीको शव भेटियो'

४ वर्ष अगाडि

सोलुखुम्बु। सोलुखुम्बुस्थित खाङतेका हिमाल आरोहण क्रममा बेपत्ता भएका फ्रान्सका तीनजना नागरिकको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख कवित कटुवालका अनुसार खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा आएका उनीहरू कात्तिक ९ गतेदेखि बेपत्ता भएका थिए । प्रहरी नायब उपरीक्षक कवित कटुवालका अनुसार फ्रान्सेली नागरिकहरू थोमस, गाब्रियल र लुइसको शव आइतवारै भेटिएको थियो ।

तर हेलिकोप्टरमार्फत सोमबार उद्धार गरेर लुक्ला ल्याइएको छ । उनीहरू आठ जनाको समूहमा होलिडे हिमालय ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिमार्फत गत असोज १८ खाङतेका हिमाल आरोहणमा गएका थिए।

बेपत्ता आरोहीको खोजी गर्न हेलिकोप्टर प्रयोग गरिएको थियो। एउटै समूहमा गएकामध्ये अन्य ५ जना यसअघि नै सम्पर्कमा आइसकेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा

ई–बिडिङ ह्याक प्रकरणमा थप एक पक्राउ, पक्राउ संख्या १३ पुग्यो

ओमानसँग नेपाल १०२ रनले पराजित, डीएलएस मेथडले खेल टुंगियो

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने: रवि लामिछाने

नेप्सेमा दोहोरो गिरावट: २५.८१ अंकले घटेर २७४४ मा सीमित

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ

दुई दिनमै सुनको भाउ ६ हजार रुपैयाँले घट्यो

फेरि बढ्यो सार्वजनिक यातायात भाडा