'श्रीमानकाे लाठी प्रहारबाट श्रीमतीको मृत्यु'

४ वर्ष अगाडि

दाङ । दाङमा श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ। गढवा गाउँपालिका-६ बालापुरका ६० वर्षिय दानबहादुर थापाले ५० वर्षिया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

मदिरा सेवन गरेका थापाले सामान्य विवादको क्रममा श्रीमती सुनितालाई लाठीले टाउको, घाँटीलगायतमा आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुई छोरामध्ये एउटा छोरा तिहार मनाउन गएको र अर्को छोरा गाउँमा साथीको घरमा गएको बेला श्रीमान श्रीमतीबीच विवाद भएको प्रहरीको भनाइ छ। सुनिता थापाकी कान्छी श्रीमती हुन्। हत्या आरोपित थापा भने फरार रहेको र खोजीकार्य थालिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा

ई–बिडिङ ह्याक प्रकरणमा थप एक पक्राउ, पक्राउ संख्या १३ पुग्यो

ओमानसँग नेपाल १०२ रनले पराजित, डीएलएस मेथडले खेल टुंगियो

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने: रवि लामिछाने

नेप्सेमा दोहोरो गिरावट: २५.८१ अंकले घटेर २७४४ मा सीमित

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ

दुई दिनमै सुनको भाउ ६ हजार रुपैयाँले घट्यो

फेरि बढ्यो सार्वजनिक यातायात भाडा