'दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति'

२ घण्टा अगाडि

विशेष अदालतले हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई १२ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको छ ।

सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) को कसुरमा उनीहरूलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।

बुधबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

सुलभ शंकर ग्रुपका सञ्चालक हुन् । उनको हकमा छैटौंपटक म्याद थप भएको हो भने व्यवसायी भट्टको हकमा पाँचौँपटक म्याद थप भएको हो ।

सम्पत्ति शुद्धीकरण विभागले नेपाल प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी)को समन्वयमा व्यवसायी भट्टलाई चैत १९ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।

त्यसपछि चैत २२ गते शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

भूमिहीन दलित र सुकुम्वासीको हक सुरक्षित गर्नुपर्नेमा गगन थापाको आग्रह

सेयर बजार सामान्य घट्यो, नेप्से २७११ अंकमा झर्‍यो

नेपाल रेडक्रस सोसाइटीको निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बैठक बिहीबार बस्ने

वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माको राजीनामा

केपी शर्मा ओलीद्वारा सुदूरपश्चिम एमाले सांसदहरूसँग छलफल