'मन्त्रिपरिषद्का ४ मुख्य निर्णय सार्वजनिक'

४ घण्टा अगाडि

सरकारले पछिल्लो मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेका छन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी गराएका हुन् ।

उनले मुख्य निर्णयहरू भनेर ४ वटा निर्णयबारे जानकारी गराएका छन् । जस अनुसार, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनस् राष्ट्रपति रामचन्द्र पौडलेसमक्ष सिफारिस भएको छ ।

त्यस्तै, भारतसँग जी टू जी माध्यमबाट ६० हजार मेट्रिक्टन युरिया र २० हजार डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि भएको छ ।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय–

–परम्परागत पोइलरलाई इलेक्ट्रोनिक पोइलरले प्रतिस्थापन गराउन, उद्योगहरूलाई कर्जा उलपब्ध गराउन र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने ।

–भारतसँग जी टू जी माध्यमबाट ६० हजार मेट्रिक्टन युरिया र २० हजार डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।

–संसद् भवन परिसरमा प्रवेश लगायतको विषय समावेश गरिएको सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने ।

–संवैधानिक परिषद् पहिलो संशोधन अध्यादेश २०८३ सम्माननीय राष्ट्रपतिज्यूबाट पुनविर्चारका लागि फिर्ता भएकोमा उक्त अध्यादेश जारी गर्न पुनस् सिफारिस गर्ने ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बैतडीमा घरको छतबाट खसेर मजदुरको मृत्यु, प्रहरी अनुसन्धान जारी

कैलालीमा तालिमरत सशस्त्र प्रहरी जवानको उपचारका क्रममा मृत्यु

नेप्से घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

जेनजी आन्दोलनमा जलेका सवारीका नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

मुख्यमन्त्री इन्द्र बानियाँको घर–कार्यालयमा छापा, सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु

बाजुरामा चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु

इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु

“सगरमाथामा बाटो बनाउँदै गर्दा आइसफल डाक्टरले भेटे बेवारिसे शव, सनाखत बाँकी”