'पहिरोले देशभरका मुख्य राजमार्ग ठप्प'

२ दिन अगाडि

केही दिनयतादेखिको वर्षासँगै आएको पहिराका कारण देशभरीमा विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएका छन् ।

आज बिहानको पहिराका कारण ललितपुर बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथ, प्युठान सरुमारानी गाउँपालिका–४ खहरे खोलास्थित भालुवाङ–प्युठान सडकखण्ड, मकवानुर भीमफेदी गाउँपालिका–८ भरेङ डाँडास्थित कान्ति लोकपथ सडकखण्ड तथा लमजुङ मध्यनेपाल नगरपालिका–१० बिमिरे भञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरोध भएका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

उनले भने, ‘आज बिहान खसेको पहिराका कारण विभिन्न राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरोध भएका छन् । यही वैशाख १६ गतेको पहिराका कारण सिन्धुपाल्चोक भोटेकोसी–२ कोदारीस्थित अरनिको राजमार्गमा पूर्ण रुपमा अवरुद्ध भएको र अहिले सम्म सञ्चालन हुन सकेको छैन ।’

वैशाख १२ गतेको बाढीका कारणअवरुद्ध भएका भोजपुर नगरपालिका–५ बोखिमको मध्यपहाडी लोकमार्ग तथा वैशाख १६ गतेको पहिराले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड भने एकतर्फी रुपमा सञ्चालनमा आएका प्रहरीले जनाएको छ ।

वर्षातको समयमा बाढी, पहिराको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा आइका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवम् सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

निर्माण व्यवसायीको सरकारलाई अल्टिमेटम: मूल्य समायोजन नभए काम बन्द

जाजरकोटमा लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ

ओमानविरुद्ध नेपालद्वारा २५७ रनको लक्ष्य, आरिफको आक्रामक अन्त्य

आज रुपन्देही र कपिलवस्तु लगाएतका ठाउमा तीव्र हावाहुरीको चेतावनी, सावधानी अपनाउन आग्रह

स्मार्ट टेलिकमका पूर्व प्रबन्ध निर्देशक सर्वेश जोशी ठगी आरोपमा पक्राउ

प्रहरीको साइबर ब्युरोको प्रतिनिधि बनेर ठगी गर्ने पक्राउ

बैतडीमा घरको छतबाट खसेर मजदुरको मृत्यु, प्रहरी अनुसन्धान जारी