'केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित'

२ घण्टा अगाडि

देवदह । केरवानी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था देवदहको अध्यक्षमा दिपक पौडेल निर्वाचित भएका छन् । संस्थाको आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन अन्तर्गत बुधबार भएको निर्वाचनमा दिपक पौडेलले ५०४ मत प्राप्त गरि  १०७ मतान्तर सहित निर्वाचित भएका हुन् ।

उनका निकटम प्रतिद्वन्दी घनश्याम डुम्रेले ३९७ मत र जागेश्वर पङ्गेनीले १६२ मत प्राप्त गरेका छन् । संस्थाको उपाध्यक्षमा दान बहादुर थापा निर्वाचित हुनुभएको छ। उनले ३४८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी खेम नारायण काफ्लेले २८७ र बलिराम भरले २५६ मत प्राप्त गरे।

त्यस्तै सचीवमा पिताम्बर खरेलले ३९७ मत प्राप्त गरि निर्वाचित भएका छन् । सचीवका प्रतिस्पर्धी चित्र बहादुर गुरुङले ३१० र नवराज काफ्लेले १९२ मत प्राप्त गरेका छन् । यसैगरी सहसचिवमा ३३३ मत प्राप्त गरि शोभा भाट क्षेत्री निर्वाचित हुनुभएको छ । सहसचिवका प्रतिस्पर्धी बत्ती थापाले २३८ र गिता शर्माले २७७ मत प्राप्त गरे ।

त्यस्तै कोषाध्यक्षमा माछा ४०८ मत प्राप्त गरि राम प्रसाद पङ्गेनी निर्वाचित हुनुभएको छ।उहाँका प्रतिद्वन्दी मनोज कुवरले २४६ र बिष्णु प्रसाद अर्यालले २४० मत प्राप्त गरेका छन् । कार्यसमितिको ३ जना खुल्ला सदस्यहरुमा १२ जनाको उम्मेदवारी परेकोमा ण प्रसाद न्यौपाने, घनश्याम पङ्गेनी, हरिराम अहिर निर्वाचित भएका छन् भने महिला सदस्यहरुमा दिलु थापा मगर, इश्वरी देवि पोखरेल निर्वाचित भएका छन् ।

त्यस्तै लेखा समिति संयोजकमा मोहन गिरी २७० मत प्राप्त गरि निर्वाचित भएका छन्। उनका प्रतिश्पर्धी राम बहादुर पराजुलीले २४५ मत प्राप्त गरेको निर्वाचन मण्डलले जनाएको छ। लेखा समिति सदस्यहरुमा चन्द्र कान्त न्यौपाने र कृष्ण कुमारी कवर जोगि विजयी भएको निर्वाचन मण्डलले जनाएको छ।

२०२६ मतदाता रहेको निर्वाचनमा १२६५ मत खसेको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा

ई–बिडिङ ह्याक प्रकरणमा थप एक पक्राउ, पक्राउ संख्या १३ पुग्यो

ओमानसँग नेपाल १०२ रनले पराजित, डीएलएस मेथडले खेल टुंगियो

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने: रवि लामिछाने

नेप्सेमा दोहोरो गिरावट: २५.८१ अंकले घटेर २७४४ मा सीमित

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ