'ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु'

३ घण्टा अगाडि

कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा दुई बालकको मृत्यु भएको छ।

वैशाख ३ गते मरेको कुखुराको मासु खाएका चुरे गाउँपालिका–३ भक्तपुरका एकै परिवारका चार जना बिरामी भएका थिए। तीमध्ये ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए ।

मासु खाएका आमा २८ वर्षीया राधिका ताम्राकार र उनका कान्छा छोरा ३ वर्षीय दिपेश ताम्राकार पनि बिरामी भएका छन्। दुई दाजुभाइको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने आमा–छोराको उपचार जारी रहेको प्रहरीले जनाएको छ।

घटना बिहीबारको भए पनि प्रहरीलाई शुक्रबार मात्र खबर गरिएको थियो। त्यसपछि प्रहरीको समन्वयमा चारै जनालाई उपचारका लागि धनगढी ल्याइएको थियो।

उनीहरूले मरेको कुखुराको मासु स्थानीय पोल्ट्री फार्मबाट ल्याएको खुलेको छ। फार्म सञ्चालक स्वयं इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भई बयान दिएका छन्। उनलाई बोलाएको बेला उपस्थित हुने शर्तमा आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा