'देवदहमा २६४९ औँ थारु पर्व तथा २३ औँ माघी महोत्सव विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न'

३ महिना अगाडि

गोविन्द घर्ती, देवदह । रुपन्देहीको देवदहमा २६४९ औं थारु समुदायको पर्व तथा २३ औं माघी (खिचडी) महोत्सव–२०८२ विभिन्न कार्यक्रम गरि मनाईको छ । थारु कल्याणकारिणी सभा देवदहको आयोजनामा देवदह–४, विजयपुरमा विभिन्न सांस्कृति कार्यक्रम गरी मनाईएको हो ।

थारु कल्याणकारिणी सभा देवदहका अध्यक्ष सुरेन्द्र चौधरीको अध्यक्षता र लुम्विनी प्रदेश सभा सदस्य निर्मलादेवी चौधरीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै सांसद चौधरीले भाषा, संस्कार, संस्कृतिको संरक्षण र सम्वद्र्धन विना जातीय पहिचान कायम हुन नसक्ने बताउनु भयो । उहाले जातीय अस्तित्व कायम गर्नको लागि भाषा, संस्कार र संस्कृति संरक्षण गर्न आवश्यक रहेकोमा जोड दिनु भयो ।

थारु कल्याणकारिणी सभा देवदहका पुर्वअध्यक्ष समेत रहनु भएका सांसद चौधरीले मातृभाषा संरक्षण र सम्वद्र्धन गर्ने दायित्व स्थानीय तहको भएपनि मातृभाषा संरक्षणमा स्थानीय तह लाग्न नसकेको बताउनु भयो । उहाले जेनजी आन्दोलनका कारण बजेट कटौती गर्दा विकास निर्माणमा समस्या भएको बताउनु भयो । उहाले राजनीतिक किचलोका कारण देशको विकास नभएको बताउदै देश बनाउनको लागि अव युवापुस्ता अगाडि सर्नुपर्नेमा जोड दिनु भयो । उहाले युवाहरुलाई स्वरोजगार बनाउने गरी सरकारले योजना ल्याउन आवश्यक रहेको बताउनु भयो । सांसद चौधरीले एकले अर्कोलाई दोषरोपण गरेर मात्र देशको विकास हुन नसक्ने बताउदै देशलाई समृद्धि बनाउनको लागि सवैले हातेमालो गर्न आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा देवदह नगरपालिका–९, का वडाअध्यक्ष मोहन जिसी, थारु कल्याणकारिणी सभा रुपन्देहीका अध्यक्ष कमलनारायण चौधरी, थारु कल्याणकारिणी सभा तिलोत्तमा अध्यक्ष आशा चौधरी, नेपाल आदिवासी जनजाति महासंघ देवदहका अध्यक्ष मिना श्रेष्ठ, वडा सदस्य कुल बहादुर चौधरी, समाजसेवी तुल्सी चौधरी लगायतले आ–आफना भनाई राखेका थिए । कार्यक्रममा राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको प्रस्तुती संगै थारु संस्कृति भित्र रहेको झुमडा नाच समेत प्रस्तुत गरिएको थियो । थारु कल्याणकारिणी सभा देवदहका उपाध्यक्ष निर्मला थारुको स्वागत र दिनेश चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी