'देवदहमा रजोनिवृत्ति सम्बन्धी सचेतनामूलक कार्यक्रम'

६ महिना अगाडि

देवदह, रुपन्देही । बिउझिएका नेपाली गाउँले महिला सञ्जाल देवदह, रुपन्देहीको आयोजनामा रजोनिवृत्ति सम्बन्धी दुई दिने सचेतनामूलक कार्यक्रम सुरु भएको छ। कार्यक्रम सञ्जालकी अध्यक्ष श्री सिमा चौधरीज्यूको अध्यक्षतामा,देवदह नगरपालिका नगर उपप्रमुख श्री विद्या लक्ष्मी गुरुङज्यको प्रमुख आतिथ्यता र  वडा नं. १ का अध्यक्ष दिपक  नेपालको विशिष्ट अतिथिमा भएको हो।

कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख गुरुङले महिलाको स्वास्थ्यका विषयमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुँदै, “रजनिवृत्ती महिलाको जीवनमा स्वाभाविक प्रक्रिया हो, तर यसको सही ज्ञान र मनोवैज्ञानिक तयारीको कमीले धेरैलाई समस्या हुने गरेको छ। यस्ता सचेतनामूलक कार्यक्रमहरूले महिलालाई आफ्नो शरीर बुझ्न र आत्मविश्वासका साथ जीवनका आगामी चरण सामना गर्न प्रेरणा दिनेछन्,” भनेर उल्लेख गर्नुभयो।

कार्यक्रममा प्रशिक्षक सोना न्युपाने,  स्वास्थ्यकर्मी ईश्वरी पाण्डेले रजनिवृत्तीका कारण, लक्षण, व्यवस्थापन र यस अवधिमा ध्यान दिनुपर्ने स्वास्थ्य पक्षहरूबारे विस्तृत जानकारी दिनुभएको थियो। सञ्जालका सदस्य, महिला प्रतिनिधि, स्वास्थ्यकर्मी र स्थानीय सरोकारवाला व्यक्तिहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा सरस्वती पोखरेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको नेतृत्वमा नवीन थापा मगर

गर्भपतनका क्रममा मृत्यु भएकी गिता पाण्डेको ६ दिनपछी परिवारले बुझे शव

तनहुँमा बस दुर्घटना

विपिन जोशीको परिवारलाई १० लाख राहत दिने मन्त्रिपरिषद्को निर्णय

शुक्रबार नेप्सेमा सामान्य सुधार, १.५४ अंकले बढ्यो

टिकटकमार्फत महिलाहरुलाई झुक्याएर ठगी गर्ने एक जना पक्राउ

सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ

कैलाली र कञ्चनपुरमा लागूऔषधसहित ११ जना पक्राउ