'प्यूठानको बिद्युत समस्या बारे कुलमानको ध्यानाकार्षण'

४ वर्ष अगाडि

प्यूठान। प्यूठान जिल्लाको बिद्युत समस्या बारे नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ध्यानाकार्षण भएको छ। झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले प्यूठान नगरपालिका ८ दम्तीमा निर्माण भएको सवस्टेशन सञ्चालनको माग राखेपछि कुलमानले क्षेत्रिय कार्यालय नेपालगञ्जलाई तत्काल काम गर्न निर्देशन दिएका हुन ।

यसैगरि, दम्तीदेखी क्वाडीसम्मको बजार क्षेत्रमा रहेको नाङ्गो वितरण लाईन हटाएर कालो तार (कभर कन्डक्टेड वायर) राख्न समेत कुलमानको निर्देशन छ । तार प्राधिकरणसँग स्टकमा रहेकाले छिटो काम गर्न निर्देशन दिएको उपाध्यक्ष पोख्रेलले जानकारी दिए । उपाध्यक्ष पोख्रेलले बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई भेटेर सव-स्टेशन सञ्चालनमा ढिलाई हुँदा जिल्लावासीले भोग्नुपरेको समस्या तत्काल समाधान गर्न ध्यानाकार्षण गराएका थिए ।
अहिले सवस्टेशनको वितरण लाइन बिस्तारको काम अलपत्र छ । लाइन विस्तारका लागि गाडिएका पोलसमेत झिमरुक नदिको भेलले बगाउन थालेको छ। कतिपय पोल ढलेका छन् ठेकेदार कम्पनीले आयोजना समयमै सक्ने विषयमा चासो दिएको छैन ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बैतडीमा घरको छतबाट खसेर मजदुरको मृत्यु, प्रहरी अनुसन्धान जारी

कैलालीमा तालिमरत सशस्त्र प्रहरी जवानको उपचारका क्रममा मृत्यु

नेप्से घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

जेनजी आन्दोलनमा जलेका सवारीका नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

मुख्यमन्त्री इन्द्र बानियाँको घर–कार्यालयमा छापा, सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु

मन्त्रिपरिषद्का ४ मुख्य निर्णय सार्वजनिक

बाजुरामा चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु

इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु