भैरहवा । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको विमानको टायर पन्चर हुँदा उडान प्रभावित भएको छ ।
शनिबार दिउँसो भैरहवाबाट काठमाडौं उड्ने क्रममा धावनमार्गमा गुडिरहेका बेला बुद्ध एयरको उडान नम्बर ८५६ को विमानको टायर पन्चर भएको हो । धावनमार्गमै विमान रहेका कारण एक घण्टादेखि भैरहवा विमानस्थलमा अवतरण र उडान हुन सकेको छैन ।
विमानमा ७२ जना यात्रु रहेको र सबै जना सुरक्षित रहेको विमानस्थल सुरक्षा स्रोतले इकान्तिपुरलाई जानकारी दियो । अहिले विमानलाई धावनमार्गबाट हटाउने काम भइरहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0