'स्थानीय तहमा पाँच दलीय गठबन्धन कायम रहन्छ : गृहमन्त्री खाँण'

४ वर्ष अगाडि

बेनी — स्थानीय तह निर्वाचनमा गठबन्धन नगर्न कार्यकर्ताले दबाब दिइरहेका बेला गृहमन्त्री खाँणले स्थानीय तह निर्वाचनमा गठबन्धन बनाएर जानु पर्ने बताएका छन् । गृहमन्त्री बालकृष्ण खाँणले नेता तथा कार्यकर्ताहरूलाई खोलो तरेपछि लौरो नबिर्सन आग्रह गर्दै गठबन्धन तोड्न नहुने बताएका थिए । यस्तै संसद्‍को अंकगणित फेरबदल नहुँदासम्म प्रदेश र संघको चुनावमा पनि गठबन्धनलाई कायम राखिने उनले बताए ।

‘जसको सहयोग र सहकार्यको जगमा सरकारमा छौं । खोलो तरेपछि लौरो बिर्सनु हुँदैन । स्थानीय तहमा पाँच दलीय गठबन्धन कायम रहन्छ । शुक्रबार नेपाल छन्त्याल संघको सातौं जिल्ला अधिवेशन उद्घाटन गर्न बेनी आइपुगेको गृहमन्त्री खाँणले बेनीस्थित कांग्रेस कार्यालयमा कार्यकर्तालाई साम्बोधन गर्दै भने, ‘स्थानीय निर्वाचनमा मात्र होइन प्रदेश र संघको निर्वाचनपछि पनि संसद्‍को अङ्कगणित फेरबदल नहुँदासम्म सहकार्य र गठबन्धन रहन्छ ।’

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा

ई–बिडिङ ह्याक प्रकरणमा थप एक पक्राउ, पक्राउ संख्या १३ पुग्यो

ओमानसँग नेपाल १०२ रनले पराजित, डीएलएस मेथडले खेल टुंगियो

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने: रवि लामिछाने

नेप्सेमा दोहोरो गिरावट: २५.८१ अंकले घटेर २७४४ मा सीमित

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ

दुई दिनमै सुनको भाउ ६ हजार रुपैयाँले घट्यो

फेरि बढ्यो सार्वजनिक यातायात भाडा