'सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन सुरु'

४ वर्ष अगाडि

बाँके। नेपालगंजमा सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को १६औं वार्षिक साधारणसभा एवं सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन सुरु भएको छ । राष्ट्रिय सम्मेलनको उद्घाटन् बुधबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले गरेका हुन्। उद्घाटन गर्दै मन्त्री बडुले संविधान रक्षा र संवैधानिक सर्वोच्चता रेडियो प्रशारणको लक्ष्य बन्नुपर्ने बताएका छन् ।

उनले रेडियोहरुको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । उनले रेडियो प्रशारणले सामाजिक रुपान्तरण र राजनीतिक स्थायित्वका पक्षमा निरन्तर पैरवी गर्नुपर्नेमा जोड दिए । २०६२र६३ को जनआन्दोलनपछि रेडियो अभियानले नयाँ गति लिएको मन्त्री बडुको भनाई छ । उनले रेडियोहरुको नवीकरण शुल्क छुट, रोयल्टीमा ५० प्रतिशत छुट, विद्युत महसुलमा छुट लगायतका काम सरकारले गरेको बताए ।  सामुदायिक रेडियो प्रशारक संघका अध्यक्ष अर्जुन गिरीले राज्यको स्पष्ट नीति नहुँदा सामुदायिक रेडियोहरुले थुप्रै चुनौतीहरुको सामना गर्नुपरेको बताए । सामुदायिक रेडियोहरुको अलग पहिचान स्थापित गर्न राज्यले विशेष ध्यान दिनुपर्ने गिरीले बताए । उद्घाटनमा विभिन्न धर्मका धर्मगुरुहरुले सामूहिक मन्त्रोच्चारण गरेका थिए ।

उद्घाटन कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा।वैकुण्ठ अर्याल, नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य अशोक कोइराला, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

साधारणसभा एवम् सम्मेलनमा पाँच जना विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । सामुदायिक रेडियो अभियन्ताहरु पूर्व अध्यक्ष मिन बहादुर शाही र मोहन चापागाईं, संस्थापक मध्येका एक दधिराम सुवेदी, थारु समुदायको बरघर एवम् थारु अगुवा बर्दियाका पतिराम थारु र कला क्षेत्रका साधक नेपालगञ्जका कलाकार श्यामानन्द सिंह ठकुरीलाई प्रमुख अतिथि मन्त्री बडुले सम्मान गरे ।

दुई दिनसम्म चल्ने १६औं वार्षिक साधारणसभा एवम् सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनमा देशभरका ७७ जिल्लाबाट ३६१ सामुदायिक रेडियोका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको छ । नेपालगन्ज घोषणापत्र जारी गर्दै सम्मेलन बिहीबार सकिने सामुदायिक रेडियो प्रशारक संघका महासचिव किशोरजंग थापाले जानकारी दिए ।

सम्मेलनमा भाषाभाषीको संरक्षण र प्रवद्र्धनमा सामुदायिक रेडियोको भूमिका, विपद् तथा महामारी लगायतका नयाँ चुनौतीहरुको सामना गर्न सक्ने समुदाय निर्माणमा सामुदायिक रेडियोको भूमिका, सामुदायिक रेडियोले आफ्नो प्रशारणमा प्राथमिकता दिनुपर्ने क्षेत्रहरु, दिगो विकासका साथै नेपाली समाजमा विद्यमान विभिन्न कुरिती तथा परम्परागत हानीकारक अभ्यासको अन्त्यका लागि सामुदायिक रेडियोको बुझाई र योगदानका विषयमा संवाद गरिने अध्यक्ष गिरीले जानकारी दिए । संविधानले व्यवस्था गरे अनुरुप तीन तहको सरकार निर्माण भइसकेको र नयाँ कानुनहरु समेत निर्माण भइरहेको अवस्थामा सामुदायिक रेडियोले निर्वाह गर्ने दायित्वमा समेत विचार र संवाद गरिनेछ, गिरीले भने ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत