'गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सकियो, प्रारम्भ १० विमान कम्पनीले उडान थाल्ने'

४ वर्ष अगाडि

चैत्र ३, भैरहवा । आगामी जेठ २ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान–अवतरण गर्ने गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि तयारी अवस्थामा रहेको विमानस्थलका प्रमुख गोविन्द दाहालले जानकारी दिए ।

उनका अनुसार प्रारम्भमा कम्तीमा १० वटा एयरलाइन्सले व्यावसायिक उडान थाल्ने तयारी छ । उडानका लागि कतिपय एयरलाइन्सले निवेदन दिइसकेको र कतिपयले दिने क्रम रहेको उनको भनाइ छ । वैशाख १ गते नेपाल वायुसेवा निगमको विमानबाट फ्लाइट परीक्षण गरिने उनले बताए । विमानस्थलका लागि आवश्यक अन्य भौतिक पूर्वाधार अन्तर्गत भन्सार, अध्यागमन, सुरक्षा निकाय, मेट्रोलोजी लगायतका निकायलाई पनि पत्राचार गरिसकेको उनको भनाइ छ । ‘उहाँहरूलाई तपाईंका सबै पूर्वाधार र जनशक्ति हाम्रो विमानस्थलमा दुरुस्त राख्न भनेर आग्रह गरिएको छ,’ उनले भने ।

उनका अनुसार यो विमानस्थलमा नेपाल वायुसेवा निगमको विमानका अतिरिक्त कुवेतको जजिरा, श्रीलङ्काको श्रीलङ्कन, कतार एयरवेज, थाइल्याण्डको थाइ स्माइल एयरवेजले उडानका लागि चासो राखेका छन् । अन्य कतिपय एयरलाइन्सले पनि उडानका लागि प्रस्ताव गरिरहेको उनले बताए ।


विमानस्थलका परियोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले भौतिक पूर्वधारको काम सबै सकिएको बताए । उनले अन्य सरोकारवालाको कार्यालय व्यवस्थापनदेखि अन्य काम अब एक महिनाभित्रै सकिने जानकारी दिए । गौतमबुद्ध विमानस्थल निर्माण भएसँगै अब अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँ नै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ । भैरहवाबाट सिधै कुवेत, श्रीलंका, ओमन लगायतका मुलुकमा हवाई सेवा विस्तार हुने भएको हो ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनी नजिकै अन्तर्राष्ट्रिय विमानस्थल रहेकाले पनि धार्मिक पर्यटक भित्र्याउन सहज हुने पर्यटन व्यवसायी बताउँछन् । विमानस्थल सञ्चालन भएपछि विश्वका धेरै मुलुकबाट बौद्धमार्गी सिधै भैरहवा आउन सक्नेछन् । विमानस्थलबाट लुम्बिनी क्षेत्र २२ किलोमिटर मात्र टाढा छ । सरकारले आगामी जेठ २ गते बुद्ध पूर्णिमाको अवसर पारेर विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरेको हो । यसअघि विमानस्थलमा विभिन्न प्राविधिक परीक्षणका काम भएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो