'कैदी भागेपछी जेलर र सुरक्षा प्रमुख तानिए'

४ वर्ष अगाडि

दाङ । दाङको घोराही कारागारबाट कैदी भागेपछि कारागारका प्रमुख (जेलर) र सुरक्षार्थ खटाएका सबै प्रहरी जिल्ला तानिएका छन् । कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई उपचारका लागि भन्दै त्यहाँबाट निकालिएको र मिलेमतोमा भगाएको प्रहरीको निष्कर्ष पछि कारागार प्रमुख र सुरक्षा प्रमुख तानिएका हुन् ।

कारागारका जेलर युवराज परियारलाई जिल्ला प्रशासन कार्यालयमा र सुरक्षा प्रमुुख, प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेनठकुरीसहित सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको दाङ प्रहरीले जनाएको छ । जेलर परियारको ठाउँमा तुलसीपुर कारागारका जेलर अमर वलीलाई जिम्मेवारी दिइएको छ भने सुरक्षा प्रमुखमा प्रहरी नायव निरीक्षक नन्दराम केसीको कमाण्डमा सात जना खटाइएको छ ।

छालाको उपचार गर्न भनि कारागारका नाइके कैदी परियारलाई प्रहरी जवान धनबहादुर चौधरीले गत बुधबार दिउँसो लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर गएका थिए । तर, उनीहरु अस्पताल नगई होटलमा पुगेको र त्यहीँबाट भागेका प्रहरीको भनाइ छ ।

घटनामा संलग्न भएका प्रहरी जवानसहित अनुसन्धानका लागि कारागारका कार्यालय सहयोगी, दुई महिला र होटल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैदी परियारले प्रहरी जवानलाई होटलको कोठामा थुनेर भागेको प्रहरी अनुसन्धानले देखाएको छ । भाग्न प्रयोग गरेको मोटरसाइकल लमही ६ बेलदमारको जंगलमा बिहीबार फेला परेको थियो । तर कैदी परियार भने अझै फेला परेका छैनन् । डिएसपी मुकुन्दप्रसाद रिजालको कमाण्ड र सिआईविको टोलीले खोजी तथा अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो