'पाल्पामा दुर्घटनामा परेर एकजनाको ज्यान गयो'

४ वर्ष अगाडि

पाल्पा। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ अर्घाछापमा बस र  मोटरसाईकल एक आपसमा ठोकिदां एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङ्जा कालिगण्डकी गाउँपालिका – १ छापडाडा घर भई हाल रुपन्देही तिलोत्तमा नगरपालिका–३ बनवाटीका बस्ने ३७ वर्षीय टिका राना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभएकोे छ ।

पाल्पाबाट बुटवल तर्फ जादै गरेको लु ४९ प २०७७ नम्बरको मोटरसाईकल र सोहि दिशा तर्फ जादै गरेको ग १ ख ४२६१ नम्बरको बससँग ठक्कर खान जाँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

दुर्घटनाबाट घाइते भई उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाईएमा उपचारकै क्रममा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बस चालक पुतली बजार नगरपालिका –३ बस्ने ५८ वर्षीय तिर्थराज उपाध्यायलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत