'देवदहमा मानव अधिकार, बाल अधिकार र हिंसा सम्बन्धि चारदिने अभिमुखिकरण तालिम सुरु'

४ वर्ष अगाडि

देवदह । रुपन्देहीको देवदहमा  मानव अधिकार, बाल अधिकार र हिंसा सम्बन्धि चारदिने अभिमुखिकरण तालिम आज बाट सुरु भएको छ । उक्त तालिम सोइया महिला स्वावलम्बी संस्थाको आयोजना र गल्स फर्स्ट फण्ड नेपालको सहयोगमा तालिम सुरु भएको हो ।

तालिम देवदह ४, सिंगाहा स्थित सोइया  महिला स्वावलम्बी संस्थाको सभाहलमा भएको थियो । शुक्रबार देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक चापागाईंले तालिमको उद्घाटन गर्नु गर्नु भएको हो । कार्यक्रममा बोल्दै उहाले आफ्नो सुरक्षा आफैले गर्न मनोवल उच्च राख्नु पर्ने बताउनुभएको थियो । उहाले सुरक्षाको अनुभूति स्वयम्वाट सिर्जना गर्नुपर्ने औल्याउनु भएको थियो । साथै उहाले बाल विवाह अन्त्य गर्न आफू र आफ्नो वडाबाट जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताउनु भएको थियो ।

त्यस्तै प्रगती मा.बि का प्रधानाध्यापक हुम प्रसाद पाठकले संस्थाको बारेमा यसले गरेका कार्यहरुको चर्चा गर्दै अभिमुखिकरण तालिमको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । उक्त तालिममा ३० जना प्रशिक्षार्थीको सहभागीता रहेको थियो । तालिमको सहजीकरण प्रशिक्षक नवराज थापा क्षेत्रीले गर्नु भएको थियो ।

कार्यक्रम संस्थाको अध्यक्ष मिरा भुजेलको अध्यक्षता र संस्थाको कर्मचारी एलिना हमालको संचालनमा भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत