'संखुवासभा सामूहिक हत्या प्रकरणः आफन्तबाटै हत्या, एकजना पक्राउ'

५ वर्ष अगाडि

काठमाडौँ । संखुवासभामा एकै परिवारका ६ जनाको विभत्स हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मृतककै १३ दिने पारिवारिक नाताका आफन्त लोकबहादुर कार्कीलाई सामूहिक हत्याकाण्डको आरोपमा पक्राउ गरेको छ । लोकबहादुरले आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले आफन्तबाटै घटना भएको हुनसक्ने अनुमान गर्दै अनुसन्धान अघि बढाएको थियो ।
प्रहरीका अनुसार व्यक्तिगत रिसिइबीका कारण हत्या भएको जनाएको छ । प्रहरी स्रोतका अनुसार आरोपीले केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरीसमक्ष आफ्ना अपराध कबुल गरेको जनाइएको छ ।

यद्यपी प्रहरीले घटनाका आरोपित पक्राउबारे औपचारिक जानकारी दिएको छैन ।

गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो