'हरितालिका (तिज) लाई धार्मिक, सामाजिक र सांस्कृतिक पर्वका रुपमा मनाऔं'

५ वर्ष अगाडि

बुटवल । हाम्रो समाजमा तीज महिलाहरूद्वारा मनाइने एउटा पर्व हो । आफ्ना पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै आज महिलाहरु निराहार ब्रत बस्छन् भने अविवाहित नारीहरुले राम्रो पति पाउँ भन्दै ब्रत लिने गर्दछन् । आजको दिन ब्रत बसे अविवाहिता महिलाले राम्रो वर पाउने, श्रीमान भएकाहरुको पतिको स्वास्थ्य राम्रो हुने र एकल महिलाका पतिको आत्माले शान्ति पाउने हिन्दु मान्यता रही आएको छ । आजको दिनलाई श्रीकृष्ण भगवानको न्वारानको दिन समेत मानिन्छ । कृष्ण अष्टमीको ११ औं दिनमा हरितालिका तिज पर्छ ।

तिजको अवसरमा चेलीबेटीहरुलाई माइत बोलाउने र मीठोमीठो खान दिने चलन छ । हिन्दूहरुले मात्रै नभई गैर हिन्दूहरुले पनि तिजमा आफ्ना छोरीचेलीलाई माइतमा बोलाउँछन् र मीठो मीठो खुवाउँछन् । तीजलाई आर्य, मंगोल हिन्दू, गैह्रहिन्दू सबैले मान्ने भएकाले यो पर्वलाई सामाजिक सद्भाव एवं एकताको दृष्टिले पनि महत्वपूर्ण मानिन्छ ।

तीजको ब्रत प्रेमसम्बन्धी मिथकमा आधारित छ । सतीदेवीको अर्को रुप मानिने पार्वतीले शिवजीलाई मन पराएकी थिइन् । तर, अभिभावकहरुले उनको विवाह विष्णु भगवानसँग गरिदिने निर्णय गरे । यस्तै घटना सतिदेवीका सन्दर्भमा पनि भएको थियो । शिवजीजस्तो जँड्याहासँग विवाह गरेको भन्दै सतीदेवीलाई हेला गरिएका कारण उनले यज्ञमा हामफालेर आत्महत्या गरेकी थिइन् । पछि पार्वतीलाई पनि यसैगरी शिवजीसँग विवाह गर्न नदिई विष्णुलाई नै भिराउन खोजिएपछि पार्वतीले आफूले मन पराएका शिवजीसँगै विवाह गर्न पाउनुपर्ने जिकिर गरिन् ।

पार्वतीको विवाह विष्णु भगवानसँग गर्ने निधो भएपछि साथीहरुको माध्यमबाट पार्वती भागिन् । हरि भगवानबाट लुकाइएको हुनाले यसै प्रशंगबाट ‘हरितालिका’ भन्न थालिएको पुरोहितहरु बताउँछन् । हरिबाट लुकाइएकी पार्वतीले शिवजीलाई नै पति पाउँ भन्दै पानी समेत नखाई निराहार ब्रत बसेपछि शिवजी पति पाएको र यसैलाई आधार मानेर तिजको ब्र्रत प्रारम्भ भएको बताइन्छ ।

आधुनिक समाजमा तीजको महत्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ । यसरी आफू जन्मेको घर, माता, पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराईघरमा जीवन बिताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ । तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै बर्त बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी बर्त बस्छन् । बर्तको समयमा महिलाहरूले तीजको बर्तकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको बर्त अन्य बर्त भन्दा फरक ढङ्गले लिइन्छ । यस दिन पानीसम्म पनि नखाई बर्त बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरू महादेवको पुजा आराधना पश्चात फलफूल ग्रहण गर्दछन् । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ । आजकाल ब्रतका नाममा निराहार बसेर आफ्नो स्वास्थ्यमा प्रतिकूल असर पर्न दिनु हुँदैन भन्ने प्रगतिशील मान्यता पनि बढ्न थालेको छ । ब्रतको साटो पूजाआजामात्रै गर्ने वा ब्रत बस्दा पानी र फलफूल खाने राम्रो प्रचलन बढेको छ । चाडपर्वका राम्रा पक्षलाई आत्मसाथ गर्दै विकृतितर्फ जान नदिनु राम्रो हुन्छ । आफ्ना चेलीबेटीहरुलाई माया ममता गर्ने, झगडा भएको छ भने मेलमिलाप गर्ने र श्रीमान श्रीमतीवीचको प्रेमसम्बन्धलाई सुमधुर बनाउने अवसरका रुपमा तीज मनाउन सकिए यसले धार्मिक हिसाबले मात्रै नभएर सामाजिक एवं सांस्कृतिक रुपले पनि महत्व राख्ने छ । साथै तीजमा गाइने गीत संगीतलाई अश्लीतलातर्फ भन्दा लोक संस्कृतितर्फ बढावा दिन सकिए लोक संस्कृतिको जगेर्नामा पनि यसले योगदान गर्न सक्छ ।

हामीले हाम्रो रितिरिवाजलाई कायम राख्दैै, परम्परागत संस्कृतिलाई बचाउँदै नयाँ पुस्तामा हस्तान्तरण गरौं । तीजलाई धनि र गरिवको रुपमा भेदभाव हुने गरी उत्ताउलो तथा भड्किलो पर्वको रुपमा सिर्जना गर्नुहुदैन । यसर्थ परम्परागत संस्कृतिमा भएका नराम्रा कुरालाई सुधार गर्दै सुन्दर समाज निर्माण गर्ने अभियानमा पर्वहरुलाई रुपान्तरण गरौं । सँस्कृतिमा समुन्नत मानिएको हाम्रो राष्ट्रको अस्थित्व, गरिमा र मर्यादालाई उच्च बनाउने गरी महान पर्व हरितालिका तिजलाई सबैले मनाऔं । तिज पर्वको सबैमा हार्दिक शुभकामना ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने

पाटनमा दाजुभाइ हत्या: लागुऔषधको नशामा रहेका संजिवले लिए दाजुभाइको ज्यान

मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि ओली र लेखकलाई रिहाइ गरिदै

विदेशी राजदूत र नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीको सन्देश