'लायन्स क्लव अफ देवदहद्धारा तिज उत्सव मनाउने तयारी, भवन परिसरमा वृक्षारोपण'

५ वर्ष अगाडि

बुटवल । रुपन्देहीको लायन्स क्लव अफ देवदहले तीजको शुभकामना अदानप्रदान सहितको तिज उत्सव मनाउने भएको छ । क्लवको अध्यक्ष बिनोद थापा मगरको अध्यक्षतामा आज बसेको बैठकले यहि भाद्र २० गते आइतबार लियोसँग सहकार्य गरि तीज उत्सव मनाउने निर्णय गरेको हो । उक्त कार्यक्रमका लागि क्लवका डाइरेक्टर हिरालाल कंडेललाई संयोजक तोकेको छ ।

बैठकले यहि भाद्र १० गते रातिदेखि देशभर परेको अविरल वर्षाको कारण देवदहमा ठूलो क्षति पुगेको प्रति दुःख व्यक्त गर्दै वास्तविक पिडित परिवारको पहिचान गरि क्लवको तर्फबाट राहत वितरण गर्ने निर्णय गरिएको छ । यसका लागि क्लवका तृतीय उपाध्यक्ष कृष्णराज पौडेललाई संयोजनको जिम्मेवारी दिइएको क्लवका सचिव सृजना ओली सापकोटाले बताउनुभयो ।

त्यस्तै लायन्स क्लव अफ देवदहले कामना सेवा विकास बैँक देवदह शाखासँगको सहकार्यमा वृक्षरोपण कार्यक्रम समेत सम्पन्न गरेको छ । नायन्स क्लव र कामना सेवा विकास बैंकको सयुक्त आयोजनामा गरिएको वृक्षरोपणमा ५३ ओटा अशोका र २ ओटा धुपीको विरुवा रोपिएको कामना सेवा विकास बैक देवदह शाखाका प्रबन्ध निर्देशक तथा लायन्स सदस्य रवि पौडेले बताउनुभयो । यसभन्दा अगाडी लायन्स क्लव अफ देवदहले विरुवा रोप्ने, संरक्षण तथा हुर्काउने जिम्मेवारी स्वयंले लिने गरि जोडी वृक्षरोपण कार्यक्रम सम्पन्न गरिसकेको थियो ।

कार्यक्रममा क्लवका पूर्व अध्यक्ष तथा जोन चेयर पर्सन गुमानसिहं केसी, आईपीपी रामबहादुर गुरुङ्ग लियो अध्यक्ष आयुष पंगेनी लगायतले आफ्नो महत्वपूर्ण भनाईहरु राख्नुभएको थियो । कार्यक्रम क्लवका तृतीय उपाध्यक्ष कृष्णराज पौडेलको स्वागत र सचिव सृजना ओली सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो