'एसियन कप छनोट : नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा'

५ वर्ष अगाडि

काठमाडाैं । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ ।

एन्फाले बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट २३ सदस्यीय टिमको घोषणा गरेको हो । टिमबाट अमिशा कार्की, अन्चली वाइबा, हिमा चौधरी, मनिषा राउत र शर्मिला थापा बाहिरिएकी छिन् । एन्फाले घोषणा गरेको टिममा ६ खेलाडीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।

मिडफिल्डर प्रिती राई, फरवार्ड रश्मी घिसिङ,सबिता राना, रजनी थोकर, डिफेन्डर सृजना सिंह र निशा थोकर पहिलो पटक राष्ट्रिय टिममा परेकी छिन् । उज्वेकिस्तानमा आयोजना हुने छनोटमा नेपाल समूह ’एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ ।

छनोट खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ । नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ अर्थात असोज २ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ ।

उक्त खेल सेप्टेम्बर २१ असोज ५ मा हुनेछ । यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ असोज ८ मा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

निर्माण व्यवसायीको सरकारलाई अल्टिमेटम: मूल्य समायोजन नभए काम बन्द

जाजरकोटमा लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ

ओमानविरुद्ध नेपालद्वारा २५७ रनको लक्ष्य, आरिफको आक्रामक अन्त्य

आज रुपन्देही र कपिलवस्तु लगाएतका ठाउमा तीव्र हावाहुरीको चेतावनी, सावधानी अपनाउन आग्रह

स्मार्ट टेलिकमका पूर्व प्रबन्ध निर्देशक सर्वेश जोशी ठगी आरोपमा पक्राउ

प्रहरीको साइबर ब्युरोको प्रतिनिधि बनेर ठगी गर्ने पक्राउ

बैतडीमा घरको छतबाट खसेर मजदुरको मृत्यु, प्रहरी अनुसन्धान जारी